मेष ः

साज सजावटको सामग्री खरिद गरिनेछ । टाढा बसेका आफन्तको यादले सताउनेछ । यात्रामा लाभ मिल्ने देखिन्छ । स्वास्थ्य सामान्य रहेको छ । पारिवारिक सुख मिल्नेछ । कला साहित्य सम्बन्धी कार्यमा समय बित्नेछ । शिक्षाको क्षेत्रमा सामान्य रहला ।

वृष ः

आलस्यताले दुःख दिन सक्नेछ, काम गर्ने जाँगर खासै नरहला एकान्तको खोजी गर्नुहुनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ, खानपानमा विचार पु¥याउनुहोला । नोकरीमा आत्म सन्तुष्टी मिल्ने देखिन्छ । समाजसेवामा मन जानेछ । सामान्य साता रहला ।

मिथुन ः

मनमा दोधार बढ्नेछ । निर्णय गर्न नसक्नाले बन्ने काम पनि बिग्रन सक्नेछ । श्रीमान श्रीमती बीचको सम्बन्धमा मनमुटाव देखापर्न सक्नेछ । पहिले गरेको मेहेनतको फल आजभोलि आएर पाउने समय आएको छ । धर्मकर्ममा मन जानेछ । नयाँ कामको थालनी होला ।

कर्कट ः

मौसमी रोगको शिकार भइने हुनसक्छ, त्यसैले खानपान र यात्रामा विचार पु¥याउन पर्नेछ । समय अनुकूल नै रहने देखिन्छ । कार्यालयमा सहकर्मीको राम्रो साथ मिल्नेछ । कार्यक्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्नेछ । नयाँ ठाउँको यात्रा हुने देखिन्छ । परिवारको साथ प्राप्त हुनेछ ।

सिंह ः

तपाइँको एकोहोरो स्वभावले तपाइँलाई धोका दिन सक्दछ । त्यसैले बानीमा परिवर्तन गर्नुपर्ने देखिन्छ । पारिवारिक स्वास्थ्य सम्बन्धी चिन्ताले सताउनेछ । मिहिनेत बढीनै गर्नुपर्नेछ । टाढिएका मान्छेहरु नजिकिन थाल्नाले मन प्रसन्न बन्ने देखिन्छ ।

कन्या ः

मध्यम खालको साता रहेको छ । इष्टमित्रको भेटघाट र घुमघाममा समय बित्नेछ । नोकरीमा सन्तुष्टीको समय चलेको छ । खर्चमा वृद्धि सँगै हुने आम्दानीले आर्थिक अवस्था सामान्य रहने देखिन्छ । माया पे्रममा माधुर्यता थपिनेछ । शिक्षा क्षेत्रमा भने खासै मन नजाला ।

तुला ः

स्वास्थ्यमा समस्या देखिन सक्ने हुनाले यात्रा गर्दा विचार पु¥याउनु होला । बोलिको प्रभाव पर्न थालेको हुनाले काममा सफलता हात लाग्नेछ, आराम गर्ने मनसाय भएपनि कामले दौडधुप गराउला । पारिवारिक सहयोग मिल्नाले तनाव कम हुनेछ ।

वृश्चिकः

बिग्रेको स्वास्थ्यमा विस्तार सुधार आउन थालेको छ । अचल सम्पत्ती सम्बन्धी चिन्ताले सताउन सक्नेछ । दोधारे मनले निर्णय गर्ने क्षमतामा कमी ल्याउनेछ । आफन्तको चिन्ताले सताउला । भाईबाट राम्रो सहयोग मिल्नेछ । मध्यम साता ।

धनु ः

घरबाट टाढा रहनुहुने मित्रहरु घरको राम्रो समाचार सुन्न पाउनुहुनेछ । वैदेशिक क्षेत्रबाट धनागमको समय रहेको देखिन्छ । यात्राले लाभ प्राप्त गराउनेछ । माया पिरतीको क्षेत्रमा माधुर्य समय रहेको देखिन्छ । सन्तान सुखमा भने कमी आउन सक्नेछ ।

मकरः

पोशाक वा गरगहना जोड्न सकिनेछ । मिष्ठान्न भोजनको प्राप्ती हुनेछ । लक्ष्मीले साथ दिने समय चलेको छ । कार्यालयमा तल्लो तहका कर्मचारीले खासै सहयोग गर्ने देखिँदैन । शुक्रबार मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुनुहुनेछ । शनिबार यात्रा नगर्नु नै वेश हुन्छ ।

कुम्भ ः

कार्यक्षेत्रमा विभिन्न बाधा आउन सक्नेछ, बोल्दा विचार पु¥याउनु बेस हुनेछ । आर्थिक अभावले गर्दा काम पूरा गर्न कठिन हुने देखिन्छ । सहकर्मीको साथ खास मिल्छ भन्न सकिँदैन । सन्तान सखु मिल्नेछ । स्वास्थ्य राम्रो रहला । शुक्रबार सुखद रहला ।

मीनः

मिश्रीत खालको साता रहेको छ, बुधबार र शुक्रबार आफन्तको भेटघाटले मन प्रसन्न बनाउनेछ तर सोमबार र मंगलबार दौडधुपमा लाग्नुपर्ने भएकाले स्वास्थ्यमा आलस्यता पैदा गराउनेछ । साथीहरुले धोका दिनसक्ने हुनाले विचार पु¥याउनुपर्नेछ ।

Post a Comment

0 Comments