अक्सिजन होल्ड गरि राख्ने प्रवृत्ति घातक



– प्रज्ज्वल श्रेष्ठ –

२०७८ बैशाख २१ गते मंगलवार

लावण्य÷साँखु । कोभिड १९ को दोस्रो लहरको सुरुवात भएसँगै नेपालमा विभिन्न व्यक्ति, समुदाय र क्लबहरुले अक्सिजन होल्ड गरेर राख्न थालेका छन् ।

कतिपयले सामाजिक सञ्जाल मार्फत् समुदायलाई चाहिएमा सम्पर्क भनेर सूचना पोष्ट गर्ने गरेका छन् भने कतिपयले व्यक्तिगतरुपमा आफूलाई आवश्यक पर्ने भन्दै २÷४ वटा सिलिण्डर भरेर राख्ने गरेका छन् ।

अहिले सहर बजारमा अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा नपुगेर समस्या भईरहेको छ । हस्पिटलहरुमा अक्सिजन सिलिण्डरको कमी कारण समस्या भईरहेको छ । तर विना कारण आफूलाई पछि चाहिन सक्छ भनेर समुदायले नै अक्सिजन सिलिण्डर होल्ड गरेर राख्ने गर्न थालेपछि अझ बढी समस्या हुन थालेको छ ।

सरकारले तत्कालै सिलिण्डर थप्ने निर्णय गर्दै सिलिण्डर खरिद प्रक्रिया सुरु गरेको छ भने छिमेकी मुलुक चीनले अक्सिजन सिलिण्डर सहयोग दिने घोषणा गरेको छ ।

तर त्यो सिलिण्डर आईपुग्दा सम्म के गर्न सकिन्छ भनेर अधिकांशले विचार पु¥याएको देखिँदैन । सरकार पनि अलमलमा परेको देखिन्छ ।

यो अवस्थामा मुलुकभर रहेका विभिन्न ठूला ठूला योजना आयोजनाहरुमा कम्तीमा एउटा आयोजनामा १ हजार सिलिण्डर भन्दा कम स्टक नहुने सुनिनमा आएको हुँदा त्यहाँबाट पछि रिफण्ड गर्ने गरी सापटी मागेर चलाउन सकिने तर्फ सम्बन्धित निकाय एवं सर्वसाधारण सबैको ध्यान पुग्नु जरुरी छ । सबैभन्दा प्रमुख कुरो सरकारले सो सिलिण्डर तत्कालै सापटी लिने प्रोसेस चलाउनु जरुरी छ ।

Post a Comment

0 Comments