१४ जना अारडिटी पोजेटिभ अाएका सहित शंखरापुरका १ सय ६५ जनाकैै पिसिअार रिपोर्ट नेगेटिभ



लावण्य/साँखु । शंखरापुर नगरपालिकामा १४ जना अारडिटी पोजेटिभ सहित १ सय ६५ जनामा गरिएको पिसिअार  परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएकाे छ।
यो संगै हाललाई शंखरापुर नगरपालिका कोरोना संक्रमित नभएकाे भन्न सकिने भएकाे छ। यही जेष्ठ ८ गते बिहिवार साँखुमा २ सय ९० जनाको अारडिटी परीक्षण गर्दा १४ जनामा पोजेटिभ देखिए पछि शुक्रबार उनीहरु सहित लकडाउनका क्रममा अग्र भागमा खतिएका जन प्रतिनिधि , स्वास्थ्यकर्मी, कर्मचारीहरु र पत्रकारहरु गरि १ सय ६५ जनाको P.C.R परिक्षण गरिएको हाे ।
त्यसै गरि क्वारेन्टाइनमा बसि रहनु भएका १४ जनालार्इ अाजै  अाफ्नाे घरमा पठार्इ दिने जानकारी शंखरपुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले दिनु भयाे ।
नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भैरहेकोले सावधानी अपनाउन मेयर श्रेष्ठले नगरबासीमा अपिल गरेका छन भने केही गरि शंखरापुरमा कोरोना संक्रमण फैलन नदिन नगरपालिकाले तयारी गरि रहेको बताउनु भएकाे छ ।

१३ जेष्ठ २०७७, मंगलवार प्रकाशित

Post a Comment

0 Comments