काठमाडौँ–२ मा कस्को पल्ला भारी ! मूल्यांकन आफै गर्नुस्





– अनिल नगरकोटी –

काठमाडौँ क्षेत्र नं. २ मा गत स्थानीय चुनावमा प्रमुख दलहरुले वडा अध्यक्षमा पाएको मत यस्तो छ ।

१९ कार्तिक २०७९, शनिवार

लावण्य÷साँखु । गत स्थानीय चुनावमा प्रमुख दलहरुले वडा अध्यक्षमा पाएको मत यसप्रकार रहेको छ ।

काठमाडौँ क्षेत्र नं. २ को समग्र स्थिति यस्तो रहेको छ ।

नेपाली काँगे्रस – १४१२८

नेकपा एमाले – १७३२८

नेकपा एकीकृत समाजवादी – ७९११

नेकपा माओवादी – ३१३१

राप्रपा – ७२००

गठबन्धन तर्फ २५१७०

एमाले र राप्रपाको जोड्दा २४५२८ हुन आउँछ । यो क्षेत्र ज्यादै प्रतिस्पर्धात्मक क्षेत्रमा पर्दछ ।

प्रदेश क(१) तर्फ दलहरुको स्थिति

काठमाडौँ क्षेत्र नं. २ को प्रदेश क(१) तर्फको समग्र स्थिति यस्तो रहेको छ ।

नेकपा एमाले ७५२३

नेकपा एकीकृत समाजवादी ३३९२

नेपाली काँगे्रस २७९०

राप्रपा १९४१

नेकपा एमाओवादी ११९

गठबन्धन तर्फ ६३०१

नेकपा एमाले ७५२३

राप्रपा १९४१

यो प्रदेशमा सरासर एमालेका सानुकुमार श्रेष्ठ विजयी हुने देखिन्छ ।

उनलाई हराउनको लागि गठबन्धनलाई राप्रपाले साथ दिएमा मात्रै हराउन सकिन्छ ।

त्यो अवस्थामा एमाले ईतरको मत ८२४२ हुन आउँछ ।

प्रदेश ख(२) तर्फ दलहरुको स्थिति

काठमाडौँ क्षेत्र नं. २ को प्रदेश ख(२)को समग्र स्थिति यस्तो रहेको छ ।

नेपाली काँगे्रस ११३३८

नेकपा एमाले ९८०५

राप्रपा ५२५९

नेकपा एकीकृत समाजवादी ४५१९

नेकपा एमाओवादी ३०१२

गठबन्धन तर्फ १८८६९

नेकपा एमाले ९८०५

राप्रपा ५२५९

यो प्रदेशमा सरासर गठबन्धनका उम्मेदवार भरत फुयाल विजयी हुने देखिन्छ ।

उनलाई हराउनको लागि नेकपा एमाले र राप्रपाबीच तालमेल भएमा पनि उनीहरुको मतसंख्या १५०६४ मात्रै हुन आउँछ । गठबन्धनभन्दा अझै ३८०५ मत कम देखिन्छ ।

यो डाटामा अबको आम चुनावमा स्वतन्त्र उम्मेदवारहरु, लौरो अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपा, विवेकशील साझा पार्टीले के–कस्तो प्रभाव पार्दछ र अवस्था के होला मतदाता वा विश्लेषकमै छाडिदिउँ ।

Post a Comment

0 Comments