लावण्य/साँखु । काठमाडौँ क्षेत्र नं. २ प्रदेश (ख) का सांसद मणिराम फुयाललाई आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि काठमाडौँ २ बाट संघीय सांसदको चुनाव लड्न नेकपा एमालेले सिफारिश गरेको छ ।
नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उहाँलाई काठमाडौँ निर्बाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारीका लागि सर्वसम्मतरुपमा सिफारिश गरेको छ ।
नेकपा एमाले काठमाडौं २ ले जनाए अनुसार स्थानीय क्षेत्रमा स्थानीय नेतृत्व स्थापित गर्ने मूल उद्देश्यका साथ फुयाललाई सिफारिश गरिएको हो ।२०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भएका फुयालले पार्टीले दिएको जुनसुकै भूमिका निभाउन आफू तयार रहेको बताउनु भएको छ । शिक्षण पेशाबाट राजनीतिमा उत्रेका फुयाल यस भेगमा इमान्दार नेताका रुपमा चिनिनुहुन्छ ।

0 Comments
Thanks for your concerns