भाषाथुवाः मथुरा सायमि अस्पताल भर्ना



२०७९ श्रावण २ गते

लावण्य/साँखु । नेपाल भाषा साहित्य क्षेत्रका नक्षत्र भाषाथुवा  उपाधी पाउनुभएका आख्यानकार साहित्यकार मथुरा सायमी माइल्ड बे्रन स्टो«क भई नर्भिक अस्पतालको आईसियुमा उपचाररत हुनुहुन्छ ।

पारिवारिक सूत्रका अनुसार वहाँलाई शुक्रवार साँझ माइल्ड स्ट्रोक भई अप्ठ्यारो अवस्था भएर पारालाईसिसको संकेत देखिए पछि तत्कालै चावहिलस्थित ओम अस्पताल पु¥याईएको थियो ।

वहाँलाई बे्रनमा समस्या भएको जानकारी आएपछि नर्भिक अस्पताल लगिएको हो । वहाँ यही २९ गते ८४ वर्षमा प्रवेश गर्नुभएको हो ।

नर्भिक अस्पतालमा आईसीइयुमा उपचाररत सायमीको स्वास्थ्य अवस्था विस्तारै राम्रो हुँदै गएको र अहिले उहाँले प्रष्ट कुरा गर्न सक्ने हुनुभएको जानकारी प्राप्त भएको छ ।

वहाँ आफ्नो कृति “महाअभियान” बाट साह्रै उत्साहित हुनुहुन्छ । उक्त कृति उहाँले विभिन्न महानुभावहरुलाई वितरण गर्दै आउनुभएको थियो ।

Post a Comment

0 Comments