कुर्सीका भोका जनतालाई धोका – प्रा. मिठ्ठाराम थापा, शंखरापुर–९

पञ्चायतदेखि बहुदलसम्म

देउवादेखि प्रचण्डसम्म

काठमाडौँ देखि दिल्ली सम्म

प्रयोगविनै दुई दुई चोटी संशोधन संविधान ।


बिरामी संविधान उपचार दिल्लीमा

विना पहिचान रोगको उपचार

शिसु संविधानको हत्या नै हुने भो

दिल्ली धाउँदा धाउँदै शिल्ली नै हुने भए ।


संविधान थिलथिलो बनाएर

उपचार भन्दा रोकथाम गर

हे ! राजनीतिज्ञ भनाउँदा हो

अर्काको बैशाखी नटेक

देशको सार्वभौमिकताले खुट्टा लता¥यो ।


देशलाई दाउमा न राख अस्मिता आमाको गुम्न सक्छ

इतिहासकालदेखि पीडित छ, यो देश नेताबाट

शान्ति क्षेत्र नेपाललाई अशान्ति नपार

आफ्नो हुर्मत बचाउन दायित्वलाई रोज ।

एक क्षणको भूलले गल्ती अक्षम्य गरी हाल्यौ

जानी जानी ढाल्न नहुने गजुर ढाली छाडेउ

अन्यत्रको लहैलहैमा सार्वभौमिकता कुर्सीसँग साटिहाल्यौ

गर्नै नहुने तमसुक दिल्लीमा गरि ठूलो भूल गरिहाल्यौ ।


Post a Comment

0 Comments