गजल – मानन्धर अभागी, सलम्बुटार साँखु



मेरो गुनासो न दालसँग न रोटीसँग


मेरो गुनासो तानासाही त्यो मोदीसँग


माग्नेलाई तातो भात कहाँ दिन सकिन्छ र


धम्क्यायो अनि डरायो डराएनौ जोगीसँग


सरोकारै नभएको आर्काको मामिला माथि


किन हस्तक्षेप गरिन् मेरो सवाल मोरीसँग


जस्ले टाउकाको मोल राख्यो उसैलाई उच्च पद


वोलीमात्र हो वा गोली, प्रश्न मेरो ओलीसँग ।।क


Post a Comment

0 Comments