कोठा भाडाको सट्टामा “सेक्स”, यौनका कुरा – प्रस्तुती : नविना राई



कोठा भाडाको सट्टामा “सेक्स”

आइरल्याण्डमा कोठा भाडाका लागि अनौठो विज्ञापन जारी गरिएको छ । उक्त विज्ञापनमा घरधनिले कोठा भाडाको सट्टामा यौनसम्पर्क गर्नुपर्ने माग राखेका छन् । उनले विज्ञापनमा ‘सेक्स फर रेन्ट’ पनि लेखिएको छ । यो सुविधा युवतीहरुका लागि मात्र दिइने विज्ञापनमा उल्लेख छ । आइरल्याण्डमा भाडामा बस्न घर वा कोठा पाउन मुश्किल छ । भाडामा पनि अत्यधिक हुने भएकाले भाडा तिर्न नसक्ने भएकाले यस्ता विज्ञापनमा उल्लेख भएका जस्ता घर वा कोठामा कम भाडा तिरेर बस्न बाध्य छन् युवतीहरु ।

के छ विज्ञापनमा ? 

डबलिनमा भाडाका लागि एउटा घरको विज्ञापनमा लेखिएको छ, ‘दक्षिणी डबलिनमा एउटा कोठा छ । एकल युवतीका लागि एउटा कोठा खाली छ । यसको भाडा तिर्नुपर्दैन । तर, थोरै रमाइलो गराउनुपर्ने हुन्छ । युवतीहरुले मात्रै सम्पर्क गर्नुहोस् ।’

यसैगरी, अर्को विज्ञापनमा लेखिएको छ, ‘सेन्ट्री डबलिनमा एउटा कोठा छ । शहर नजिकै । घरसँगै कार पार्किङ छ । भने बस स्टपको पनि सुविधा छ । छिटो गर्नुहोस् । तर, सुन्दर युवतीले मात्रै सम्पर्क गर्नुहोस् ।’

“सेक्स फर रेन्ट” मा युवतीमाथि शोषण

डबलिनको ‘रेप क्राइसिस सेन्टर’ की कार्यकारी निर्देशक नोएलिन ब्ल्याकवेलले यस्ता कोठाभाडाहरुको व्यवस्थाप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले यस्ता व्यवस्थाले डेरावालाहरुको अधिकार हनन् भएको बताउँछिन् । उनले डेरामा बस्नुको सट्टा यौनसम्पर्क गर्नुपर्ने अवस्थाले विकराल रुप लिइसकेको बताएकी छन् । उनी भन्छिन्, ‘यस्तो डेरामा बस्न आउने युवतीहरु तार्किक रुपमा यौनसम्पर्कलाई सही मान्न थाल्छन् तर यो मन्जुरीबिना बलात्कार गर्नुजस्तै हो । यस्तो अवस्थामा डेरा मालिकले आफ्नै नियम बनाएका हुन्छन् । र आफ्नो इच्छाअनुसार यौनसम्पर्क गर्न बाध्य पार्छन् । डेरावालहरु बस्ने ठाउँ पाएकोमा यौनसम्पर्क राख्न बाध्य हुन्छन् । उनीहरुमा कुनै पनि शक्ति हुँदैन त्यो नियमलाई इन्कार गर्ने ।’ नोएलिनले डेरा मालिकको इच्छाअनुसार डेलावालहरु हाजिर हुनुपर्ने भएकाले यौनशोषण हुनसक्ने सम्भावना भएको बताउँछिन् ।

महँगो डेरा

आवासिय भाडा बोर्डले गत शुक्रबार प्रकाशित गरेको एउटा रिपोर्टका अनुसार सन् २०१७ पछि यस वर्ष सबैभन्दा बढेको छ । आइरल्याण्डमा औसत मासिक भाडा १ लाख १९ हजार रहेको छ । तर, हाल १ लाख ६३ हजार प्रतिमहिना रहेको छ ।

आइरल्याण्ड सरकारले यस्ता विज्ञापनहरुको निन्दा गरेको छ । आइरल्याण्डका आवास मन्त्री ड्यारेग ओ ब्रायनले भनेका छन्, ‘म कुनै पनि यस्ता घटनाहरुको घोर विरोध गर्छु । डेराको बदलामा यौनसम्बन्धको माग गर्नु राम्रो कुरा होइन । यस्ता विज्ञापन देखेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।’

विश्वकै पहिलो घटना ः कार गुडिरह्यो, महिलाले फ्रन्ट सिटमै बच्चा जन्माइन् ; कसरी भयो सम्भव ?

अमेरिकाको फिलाडेल्फियामा एक महिलाले कारको अगाडिको सिटमा बच्चा जन्माएकी छिन् । सेप्टेम्बर महिनामा जन्मिएको उक्त बच्चालाई ‘पहिलो टेस्ला बेबी’ नामकरण गरिएको छ ।

फिलाडेल्फियाकी बासिन्दा ३३ वर्षीया यिरान सेरी आफ्ना ३४ वर्षे श्रीमान् कियटिङ र तीन वर्षका छोरा राफा सँग कारमा थिइन् । त्यति नै बेला उनको ‘वाटर ब्रेक’ भयो ।

‘हामीले यो स्थितिलाई सम्हाल्न सक्छौं जस्तो लाग्यो,’ पेन्सिल्भानियाकी यिरानले भनिन् । दुई सन्तानकी आमाले दिएको जानकारी अनुसार उनका श्रीमान् कियटिङले अस्पताल जानका लागि आफ्नो कारलाई अटोपाइलट मोडमा राखे  । तर उनकी छोरी मियभी लिलीले योजना भने भिन्न रहेछ ।

‘मलाई याद छ, मैले कियटिङलाई ‘मलाई लाग्छ उनको टाउको बाहिर निस्किएको छ’ भनेको थियो । उनको टाउको बाहिर निस्किएको जस्तो भान भएको थियो । तर मेरो ध्यान म्यापमा मात्रै केन्द्रित थियो । हामी कहाँ छौँ भनेर म हेरिरहेको थिएँ ,’ ३३ वर्षीया आमाले स्मरण गरिन् । यी दुईले यस्तो स्थितिको सामना गरिराख्दा उनीहरुका तीन वर्षका छोरा भने कारको पछाडिको सिटमा थिए । फिलाडेल्फिया इन्क्वायररसँग कुरा गर्दै ती महिलाले आफ्ना श्रीमानलाई पहिला छोरालाई स्कूल पुर्याउन र त्यसपछि अस्पताल जान भनेको जानकारी दिइन् ।

रियानका श्रीमानले अस्पताल जाँदा ट्राफिकको फसेको घटना स्मरण गरे । ‘मैले यिरानलाई, ओके, आफ्नो सासमा ध्यान केन्द्रीत गर भनेँ । यो सल्लाह मेरो लागि पनि थियो । म निकै हताश थिएँ । मैले छोरालाई ‘राफा, सबैकुरा राम्रो छ । तिम्री बहिनीको आगमन हुँदैछ भनेँ’’, दुई सन्तानका पिताले भने ।

‘तर सबैभन्दा पीडा त्यतिबेला भयो जब बल गरेर छोरी जन्माउने हो कि बच्चालाई बाहिर आउन नदिने भन्ने  रनभुल्लमा परियो । ‘मैले पुस गरे कि रोकिने ?, ’ यो कुरा मैले बारम्बार दोहोराइरहेको थिएँ,’ उनले स्मरण गरिन् ।

अन्ततः उनले कारभित्रै छोरी जन्माइन् । अस्पताल पुगेपछि नर्सले कारको फ्रन्ट सिटमा नै नाल काटिदिइन् ।

उनले भनिन्, ‘हामी अब बिदामा रमाइलो गर्न चाहन्छौं र परिवारसँग उत्कृष्ट समय बिताउन चाहन्छौं,’ कियटिङले भने । ‘क्रिसमसको झिलिमिली हेर्न हामी ड्राइभमा जानेछौँ । आशा गरौं कुनै आपतकालीन अवस्था सिर्जना नहोस् ।’

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments