एमसीसीविरुद्ध प्रदर्शनमा प्रहरी दमन, दर्जनौँ घाइते
गृह मन्त्रालयबाट लगातार विज्ञप्ति आउनु आपत्तिजनक छ –सिंह
– कृशु श्रेष्ठ –
एमसीसीविरुद्ध प्रदर्शनमा प्रहरी दमन, दर्जनौँ घाइते
लावण्य÷साँखु । एमसीसी परियोजनाको विरोधमा सोमबार राजधानीमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजना भएको विरोध प्रदर्शनमा व्यापक प्रहरी दमन भएको छ ।
त्रिवि शिक्षण अस्पतालको पश्चिमा अवस्थित गल्लीमा प्रदर्शनकारीहरूमाथि प्रहरीले लाठ्ठी चार्ज हुँदा युवा कार्यकर्ता कृष्णप्रसाद दुमरु गम्भीर घाइते हुनुभएको छ । प्रहरीले उहाँको टाउकोमै लाठ्ठी प्रहार गर्दा टाउको फुटेको छ । उहाँ हाल त्रिवि शिक्षण अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरी घर फर्किसकेका छ ।
त्यस्तै प्रहरी दमनमा भक्तपुर नपा वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, युवाहरू कृष्णप्रसाद कोजू, जगतराम धुख्वा, रत्ना चवाल, श्याम बासुकला, रामेश्वर रानामगर, दिनेश विक लगायत दर्जनौं घाइते भएका छन् ।
रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दुतावास जाने क्रममा प्रहरीले जथाभावी लाठ्ठी प्रहार गरेको हो ।
साभार ः अनलाइन मजदुरबाट
एमसीसीबारे बहस ः सरकार रोक्दै, अमेरिका स्वागत गर्दै
नेपाल सरकारले एमसीसी बारेको बहस र शान्तिपूर्ण प्रदर्शनलाई निषेध गर्ने कदम चालिरहँदा अमेरिकाले भने एमसीसीबारेको बहसलाई स्वागत गर्ने बताएको छ । गृह मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै एमसीसीबारे बहस र प्रदर्शनप्रति आपत्ति जनाउँदै कारवाही नै गर्नेसम्मको चेतावनी दिएको थियो । सरकारको यस कदमको चौतर्फी आलोचना भइरहेको छ । यसका विरुद्ध प्रदर्शनहरु पनि भइरहेका छन् ।
तर, अमेरिकाले भने एमसीसीबारे तथ्यमा आधारित बहस र स्वतन्त्र अभिव्यक्तिको दृढ समर्थक रहेको बताएको छ । शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्य रहेको अमेरिकाको भनाइ छ । नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘एमसीसीबारे लगायत तथ्यमा आधारित बहस र अभिव्यक्ति स्वतन्त्रताको हामी दृढ समर्थक हौँ । शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्य हो । अमेरिका दशकौंदेखि नेपाल र यहाँका जनताको साझेदार रहेको छ र सधैं यसको दीर्घकालीन समृद्धिलाई समर्थन गर्दछ ।’
गृह मन्त्रालयबाट लगातार विज्ञप्ति आउनु आपत्तिजनक छ ः प्रकाशमान सिंह
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको हो कि भन्ने गुनासो सुनिन थालेको बताएका छन् ।
गृह मन्त्रालयले लगातार दुई विज्ञप्ति निकालेको प्रसंग निकाल्दै सिंहले नागरिकको गुनासो सुन्ने हिम्मत सरकारले राख्नुपर्ने बताए ।
आज कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तर्क्रिरयामा बोल्दै सिंहले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन नमिल्ने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोमा त्यसो नगर्न गृहले विज्ञप्ति निकालेर चेतावनी दिएको थियो ।
‘सरकारले जनताको दुःखमा साथ दिनुपर्ने हो। सधैं जनताको पक्षमा सरकार हुनुपर्ने हो । गृह मन्त्रालयबाट नागरिकले प्रदर्शन गर्न र विरोध नै गर्न नपाउने वा बोल्नै नपाउने जस्तो गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनुपर्छ,’ उनले भने ।
उनले १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने बताए । सिंह पनि महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका छन् ।
सरकारको एमसीसीविरुद्धको विषयमा अनावश्यक टिप्पणी
एमसीसी परियोजनाको विरोधमा मुलुकभर आम जनताले बुझेर वा नबुझेरै पनि विरोध गरिरहेको अवस्थामा मिलेनियम च्यालेन्ज कर्पोरेशनको तर्फबाट र अमेरिकी राजदूताबासको तर्फबाट विज्ञप्ती नै निकालेरै नेपाली जनताको शान्तिपूर्ण विरोधको समर्थन गरेको छ । साथै दूताबासले यस विषयमा बहस छलफल हुनुलाई सकारात्मक भनेको छ ।
अर्कोतिर विभिन्न दलहरु खुलेरै विरोधमा उत्रिरहेका छन् – सबैभन्दा अगाडि नेमकिपा देखिएको छ भने विप्लब लगायतका विभिन्न दलहरु पनि विरोधमा देखिएका छन् । नागरिक समाजले पनि विरोध गरिरहेको छ ।
सरकार भने अनावश्यक रुपमा आम जनतालाई भड्काउने खालको टिप्पणी गर्दै विरोध नगर्न चेतावनी दिनुका साथै विरोध गर्नेहरुको सुक्ष्म निगरानी गर्ने भन्दै त्रसित गराउने खालको क्षुद्र टिप्पणी गरिहेको छ ।
सोही कारण हुनसक्छ प्रजातान्त्रिक भनिएको पार्टीका नेपाली काँगे्रसका नेता पूर्व उप प्रधानमन्त्री एवं पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारको विज्ञप्ती निकालेर चेतावनी दिने विषय गलत भएको टिप्पणी गर्दै भन्नुभएको छ– सिंहले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन नमिल्ने बताउनुभएको छ ।
वास्तवमा एमसीसी परियोजना बारे सरकारले आम जनतालाई बुझाउने प्रयत्न गरेकै छैन । अनि विरोध ग¥यो भनेर दमन गर्न खोज्नु अवरोध गर्न खोज्नु अथवा निषेध गर्न खोज्नुलाई आम जनता, प्रवुद्ध वर्ग नागरिक समाज, राजनैतिक चेतना भएका प्रजातान्त्रिक विचारका व्यक्तिहरुले स्विकार्न नसकेको देखिएको छ ।
नेमकिपाले एमसीसी विरुद्ध मुलुकभर आन्दोलन छेडे
यसैबीच भाद्र २१ गते काठमाडौँमा एमसीसी विरुद्ध नेमकिपाको भ्रातृ संगठनहरु नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घद्वारा आयोजना गरिएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि नेमकिपा मुलुकभर आन्दोलित भएको छ ।
सोही कारण नेमकिपाले भाद्र २३ गते विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । एमसीसी राष्ट्रघाती भएको ठोकुवा गर्दै भक्तपुरमा विशाल जुलुस गरिएको थियो भने जुलुस पछिको सूर्य विनायकमा भएको सभामा नेमकिपाका केन्द्रिय सदस्य उकेश कवां, नेपाल क्रान्तिकारी युवा संघका मिनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघका रमेश प्रजापतिले एमसीसी परियोजना खारेज गर्नुपर्ने बताउनुभएको थियो भने कार्यक्रम सञ्चालन रमेश बैद्यले गर्नुभएको थियो ।
नेमकिपाले बनेपा, पाटन, जुम्ला, कालिकोट, हुम्ला लगायतका जिल्लाहरुमा समेत विरोध कार्यक्रमको आयोजना गरेको थियो ।
पार्टीले एमसीसीको विरोधमा दैनिक फरकफरक ठाउँंहरुमा देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ ।














0 Comments
Thanks for your concerns