उहाँलाई यस अघिका अध्यक्ष रोजी मास्के श्रेष्ठले पदभार हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष साँखु लप्सेफेदीका व्यवसायी राजेन्द्र मल्ललाई साँखुमा जन्म भई व्यावसायिक सफलता हासिल गर्नुभएकोमा सम्मान गरिएको थियो ।
वहाँलाई प्रमुख अतिथि लायन्स क्लबका जीएटी लिडर खगेन्द्र सिटौलाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उप मेयर शुक्रलक्ष्मी श्रेष्ठ, लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर उत्तम राज कायष्थ र लायन्स क्लबका धर्म शरण श्रेष्ठ, कोमल शाक्य, लवकुमार श्रेष्ठ, ब्रम्हबहादुर बजगाइँको उपस्थिति रहेको थियो । साथै स्थानीय विभिन्न संघसंस्थाहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्नुभयो– व्यवसायी र समाजसेवीहरुको प्रतिनिधित्व गर्ने लायन्स क्लबमा आवद्ध करीब ४५ हजार सदस्यहरुबाट १ लाख मात्रै रकम उठाउने हो भने पनि ठूलै ब्यूजिनेस हाउस चल्ने सक्ने बताउँदै यतातर्फ लायन्स क्लबको ध्यान जानुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
![]() |




0 Comments
Thanks for your concerns