– सहन श्रेष्ठ –
२०७८ भाद्र ७ गते
काठमाडौं : काठमाडौं उपत्यकामा लकडाउनको समयावधि थपबारे मंगलबार निर्णय हुने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सुझावपछि लकडाउन थप गर्ने तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
उनले भने, ‘भोलि मंगलबार दिउँसो ३ बजे बैठक बसेर लकडाउन थपबारे निर्णय गर्ने तयारी छ । लकडाउनको मोडालिटीबारे भोली नै निर्णय हुन्छ ।’ सरकारले जारी गरेको पछिल्लो लकडाउनको समयावधि मंगलबार राति १२ बजेदेखि सकिदैछ ।
लकडाउनका कारण मुख्यतः शिक्षण संस्था, फिल्महल, चिडियाखाना,स्वीमिङ पुल, दोहोरी साँझलगायत भीडभाड हुने ठाउँहरु बन्द छन् ।
0 Comments
Thanks for your concerns