साबुन पानीले हात धोए जोखिम कम



कोरोना भाइरस संक्रमणको त्रास बढिरहेको बेला मास्क तथा ह्याण्ड सेनिटाइजर नपाउँदैमा नआत्तिनुहोस् चिकित्सकका अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा राम्रो प्रभावकारी उपाय नै नियमित साबुन पानीले मिचिमिचि हात धुने नै हो
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार संक्रमणबाट जोगिने सबैभन्दा सजिलो उपाय नै साबुन पानीले हात मिचिमिचि धुने नै हो डा.पुन भन्छन्, ‘साबुन पानीले हात धुनु पर्ने सन्देश पु¥याउन नसकिएको हो की ? साबुन पानीलाई वेवास्ता गरिएको हो ? यतिबेला हारालुछ साबुनको हुनु पर्ने हो
मास्क स्यानिटाइजरको प्रयोग पनि संक्रमणको रोकथामका लागि महत्वपूर्ण मानिन्छ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि नियमितरूपमा साबुन पानीले हात धुने कार्यबाट कोरोनाका भाइरसको संक्रमणबाट जोगिने उपाय मध्येमा पहिलो प्राथमिकता राखेको घर, विद्यालय, कार्यालयलगायत सार्वजनिक स्थानमा साबुन पानीको सहज उपलब्धता गराए सबैभन्दा प्रभावकारी हुने डा.पुनको भनाइ मास्क स्यानिटाइजरको सहज उपलब्धता भने प्रयोग गर्नु ठिकै तर, दसौं गुणा महंगो मूल्य तिरेर खरिद गर्दा पुरुषार्थ गरेजस्तो ठान्नु आवश्यक छैन तर, यसको अर्थ मास्क ह्याण्ड स्यानिटाइजर प्रयोग नगर भन्न खोजेको पनि होइन
कोरोना भाइरसलगायतका अन्य संक्रमणबाट जोगिन सर्वोत्तम उपाय नै नियमितरूपमा मिचिमिचि हात धुनु हो
दिनचर्याका क्रममा विभिन्न गतिविधिमा संलग्न भइएको हुन्छ। विभिन्न स्थान एवं वस्तुलाई छोइएको हुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोला भन्छन्, ‘ विभिन्न ठाउँमा छोएको हातले आँखा मिच्ने वा मुख तिर लगिएको हुन सक्छ कुनै पनि वस्तु छोइसकेपछि मिचिमिचि साबुन पानीले हात धोए हुन्छ यदि पानीको अभाव हात हुने अवस्था छैन भने मात्र स्यानिटाइजरको प्रयोग गर्न सकिने डा. बास्तोलाले बताए
डा. बास्तोलाका अनुसार, घर वा अफिसमा बसिरहेको तथा समुदायमा घुलमिल भइरहेको अवस्थामा खोकी लागिरहेको व्यक्तिले मास्क लगाउनुपर्ने बताउँछन् खोकी रहेको वा ज्वरो आइरहँदा पनि अन्य व्यक्तिसँग घुलमिल भइरहेको व्यक्तिले मास्क लगाउनु पर्छ। रोग नसार्ने कर्तव्य निभाउनु पर्ने व्यक्तिले मात्र मास्क लगाए पुग्छ’, डा. बास्तोलाले भने
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको रिसर्च युनिटका संयोजक पुन भन्छन्, ‘मास्क हेल्थ स्यानिटाइजरको प्रयोगले संक्रमणलाई शत प्रतिशत जोगिने पनि होइन साबुन पानीले मिचिमिचि हात धुने कार्यलाई वेवास्ता गर्न खोजिएको हो की जस्तो लागिरहेको

Post a Comment

0 Comments