ओम बोलबम काँवरिया संघको आयोजनामा साँखुबाट पशुपति बोलबम यात्रा हुने !

ओम बोलबम काँवरिया संघले सालिनदीको जल पशुपतिमा चढाउने !

२०७९ श्रावण ४ गते

लावण्य/साँखु । ओम बोलबम काँवरिया संघ चावहिलको आयोजनामा यही श्रावण २३ गते ऐतिहासिक धार्मिक तीर्थ स्थल सालिनदीको जल लिएर पशुपतिनाथमा चढाउने गरी बोलबमको आयोजना गर्ने भएको छ ।

सो बोलबम यात्राको लागि श्रावण २२ गते आईतबार साँझ नै साँखुको सलम्बुदेवी मन्दिर परिसरमा भक्तजनहरु भेलाभई भजन किर्तनका साथ जाग्राम बस्ने कार्यक्रम रहेको छ ।

उक्त दिनको भोजन प्रसाद ग्रहण समते ओम बोलबम काँवरिया संघले व्यवस्थापन गर्ने भएको छ । 

साथै २०७९–०४–२२ गते आइतबारको दिन नि–शुल्क भोजन, यातायात, स्वास्थ्य सेवाको साथै भोजपुरी सुपरस्टार कलाकार बिनोद बेर्ददीको सुमधुर भक्ति संगीत कार्यक्रम (एक शाम भोलेके नाम) भजन किर्तन कार्यक्रम हुने भएको छ ।

सो संघले आफ्नो फेसबुक पेजमा यस्तो लेखेकोछ–

बोलबम जाउँ ! बोलबम जाउँ ! ! बोलबम जाउँ ! ! !

हरेक बर्ष ओम बोलबम काँवरिया संघले सुन्दरीजलबाट आयोजना गर्दै आएको बोलबम काँवर यात्रा यसपाली नयाँ ठाउँ नयाँ उमंगको साथ शालिनदीको मुहानबाट जल भरि बोलबम काँवर यात्रा सुरु गरि बाबा पशुपतिनाथमा यही मिति २०७९–०४–२३ गते सोमबारका दिन जल अर्पण गर्ने कार्यक्रम आयोजना गरिने जानकारी गराउँदछौ र साथै २०७९–०४–२२ गते आइतबारको दिन नि–शुल्क भोजन, यातायात, स्वास्थ्य सेवाको साथै भोजपुरी सुपरस्टार कलाकार बिनोद बेर्ददीको सुमधुर भक्ति संगीत कार्यक्रम (एक शाम भोलेके नाम)  हुनगईरहेको जानकारी गराउन चाहन्छौँ ।

आयोजकः ओम बोलबम कावरिया संघ परिवार (चाबहिल)

Post a Comment

0 Comments