शंखरापुर कक्षा ८ को अनलाईन परीक्षा सम्पन्न

- कृशु श्रेष्ठ –


– कृशु श्रेष्ठ –

लावण्य÷साँखु । यही जेठ २१ देखि २५ सम्म लिईएको शंखरापुर नगरस्तरीय कक्षा ८ को अनलाईन वार्षिक परीक्षा निर्विघ्नरुपमा बडो उत्साहपूर्वक सम्पन्न भएको छ ।

सो परीक्षामा २१ विद्यालयका ४७० परीक्षार्थी मध्ये ९४ प्रतिशत भन्दा बढी विद्यार्थीहरू परीक्षामा सहभागी भएको जानकारी शिक्षा शाखा प्रमुख बौधराज निरौलाले बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत् यस्तो पोष्ट गर्नुभएको छ– “जेठ २१ बाट अनलाइन पद्धतीमा लिइएको कक्षा ८ को परीक्षा आज जेठ २५ गते सफलता पूर्बक समाप्त भयो । २१ विद्यालयका ४७० परीक्षार्थी मध्ये ९४ % भन्दा बढी विद्यार्थीहरू परीक्षामा सहभागी भए । नगर प्रमुख तथा उप प्रमुख ज्यु, अनलाइन परीक्षा अवलोकन गर्न आउनु भएका शिक्षा मन्त्रालय तथा विभागिय निकायका सहसचिव ज्युहरू, प्रमुख प्रसासकिय अधिकृत ज्यु, पत्रकार ज्युहरू, विद्यार्थी भाई बहिनीहरू, अभिभावक ज्युहरु, शिक्षक, तथा प्रअ ज्युहरू, परीक्षा समितिका सदस्यहरू, शिक्षा , प्रसासन तथा अन्य शाखाका कर्मचारी साथीहरू लगायत अनलाइ परीक्षा प्रति हामीलाई  हौसला दिने र बेलैमा सजग गराउनेहरू सबैमा हार्दिक धन्यवाद तथा आभार ।”

गरे के हुन्न र ! भन्ने उदाहरणको रुपमा यो परीक्षालाई लिन सकिन्छ । यो परीक्षा लिनु अगाडिसम्म तयारी एवं छलफल चलाउँदा अधिकांशले परीक्षा लिन नसकिने बताईरहेका थिए । तर शंखरापुर नगरपालिकाको शिक्षा शाखाले एउटा टीम बनाएर तयारी थाल्दै गए र परीक्षा लिनु केही दिन अगाडि २÷३ दिनसम्म डमी परीक्षा लिईसकेपछि विद्यार्थीहरु पूर्णरुपमा तयार भएपछि यो परीक्षा लिईएको थियो ।

कतिपय विद्यार्थीहरुसँग राम्रो मोवाईल नभएर सरसापट समेत गर्नुपरेको थियो । जे होस् यो परीक्षा सम्पन्न भएपछि मुलुकमै पहिलो पटक यसरी कक्षा ८ को वार्षिक परीक्षा अनलाईन लिएको रेकर्ड भने शंखरापुर नगरपालिकाले राखेको छ ।

Post a Comment

0 Comments