मुलुकमै पहिलो पटक शंखरापुरमा पालिका स्तरीय कक्षा ८ को अनलाईन परीक्षा सञ्चालन गरियो









साँखु, जेठ २१ गते 

लावण्य/साँखु । गरे के सकिँदैन र ? यही प्रश्नको उत्तर भएको छ । कक्षा ८ को पालिकास्तरीय वार्षिक अनलाईन परीक्षा । शंखरापुर नगरपालिकामा आजबाट कक्षा ८ का विद्यार्थीहरुको लागि ५३ प्रतिशत अंक भार सहितको परीक्षा आजबाट सुरु भएको छ ।

शंखरापुर नगरपालिकाले अनलाइनबाट कक्षा ८ को परीक्षा सञ्चालन गरेको देशमै पहिलो पालिकाका रुपमा दाबी गरेको छ ।

यस अघि नगरपालिकाको शिक्षा शाखा र यस अन्तर्गत बनाइएको टीमले अनलाईन परीक्षाको तयारी पूरा भईसकेपछि २÷३ दिन डमी परीक्षा लिएको थियो ।

पालिका अन्तर्गतका २१ वटा विद्यालयहरुबाट जम्मा जम्मी ४ सय ७० विद्यार्थीहरुको लागि लिइएको परीक्षामा जम्मा जम्मी ४ सय ७० विद्यार्थीहरुको लागि लिइएको परीक्षामा नेपालीमा ९३ प्रतिशत र नैतिक शिक्षामा ९५ प्रतिशत विद्यार्थीले परीक्षा दिएका छन् । जुन उपस्थिति विद्यार्थीको भौतिक उपस्थितिमा लिईने परीक्षाकै उपस्थिति मान्न सकिन्छ ।

केही विद्यार्थीहरुले दोहोरो कपी सेण्ड गरेको कारण ४५२ को प्रश्न उत्तर प्राप्त भएको रहेछ ।

यो अनलाईनको परीक्षा लिने कार्यको लागि यो टीमले यस अघि नै २/३ पटक डमी परीक्षा लिएको थियो ।

यो अनलाईन परीक्षाबाट विद्यार्थीलाई १०० पूर्णाङ्कमा ५३ नम्बरको लागि परीक्षा लिइएको हो ।

बाँकी ४७ नम्बरको परीक्षा यस अघि स्कूलले लिएको पहिलो र दोस्रो त्रैमासिक÷चौमासिकको परीक्षालाई आधार मानेर विद्यालय आफैले आन्तरिक मूल्यांकन गरी दिनेछ ।

यस कार्यले विद्यार्थीमा परीक्षा दिनैपर्छ भन्ने मान्यता स्थापित हुनेछ ।

कतिपय विद्यार्थीहरुसँग मोवाईल थिएन । उनीह्रुलाई सक्नेले किनिदिए । नसक्नेले सापटी मागेरै भए पनि काम चलाए ।

कपितय अवस्थामा शिक्षकहरुले आफ्नो मोवाईल प्रोभाईड गरिदिए ।

यो अनलाईन परीक्षाले एउटा कुरा सिकाएको छ । आवश्यकताले नै हामीलाई सक्षम बनाउँछ । 

सो नगरपालिकाका शिक्षा प्रमुख बौद्धराज निरौलाले केही इन्टरनेटको समस्या र केही विरामी परेकाले परीक्षामा सहभागी हुन नसकेको बताउँदै अनुपस्थित भएका परीक्षार्थीका हकमा पछि अरु व्यवस्था गर्ने जानकारी दिए ।

परीक्षा आधा घण्टासम्म सञ्चालन गरिएको थियो भने परीक्षार्थीहरुलाई जुममा अनिवार्यरुपमा ‘भिडियो अन’ गरेर बस्न निर्देशन दिइएको थियो । ‘भिडियो अन’ नगर्ने परीक्षार्थीको मूल्याङ्कन नगर्ने चेतावनी पालिकाले दिएको थियो । वस्तुगत प्रश्न सोधिएका थिए ।

पालिकाले ५३ प्रतिशतका लागि आजबाट परीक्षा सञ्चालन गरेको छ भने बाँकी ४७ प्रतिशत विद्यालयले मूल्याङ्कन गर्नेछ । पहिलो र दोस्रो त्रैमासिक परीक्षाको अङ्क विद्यालयले प्रदान गर्नेछ । परीक्षा सुरु हुनु पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस्तो अभ्यास अनुकरणीय रहेको बताए ।

अनलाईन परीक्षाको अनुगमन÷अवलोकन नगर प्रमुख सुवर्ण श्रेष्ठ, विज्ञान तथा प्रविधि मन्त्रालयका  सहसचिव एवम् प्रवक्ता दिपक शर्मा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उप महानिर्देशक केशवप्रसाद दाहाल, पत्रकारहरु प्रकृति अधिकारी पवनलाल श्रेष्ठ लगायतले गरेका थिए ।

Post a Comment

0 Comments