चतांमरि काठमाडौँ उपत्यकाको एक मौलिक रोटी




– बद्रीनाथ कायष्थ

बद्रीनाथ कायष्थको फेसबुक वालबाट साभार गरिएको

चतांमरि काठमाण्डौ उपत्यकाको एक मौलिक रोटी हो । यसको विषयमा केही जानकारी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

१. चतांमरि नेपाल को मौलिक रोटि भनेर कम्तीमा तीन कारण ले मौलिक रोटि मान्न सकिन्छ ।

१.१. चतांमरि बनाउंदा सुल्टो र उल्टो छुट्ट्याउने कुरामा ध्यान दिएको पाईन्छ ।








१.२. चतांमरि को प्रयोग पीठहरु को अगाडि आसनको रुपमा बिछ्याउन गरिन्छ ।यसरी यो रोटि एक बिशेष महत्वपूर्ण कार्य गर्न प्रयोग गरिन्छ ।

१.३. चतांमरि को उपयोग शक्ति पीठहरु को जात्रा मा आकाश मा उडाएर एक बिशेष खास रमाइलोपन को रुपमा प्रयोग गरिन्छ ।

२. चतांमरि बनाउंदा सुल्टो र उल्टो छुट्याउन सकिने गरी एक बिशेष कुरा लाई ध्यान मा राखेर बनाएको पाईन्छ ।

२.१. चतांमरि चामलको पीठोबाट बन्दछ । चामलको पीठो पानीमा मिसाउंछ ।

२.२. चामलको पीठो लाई पानीमा मुछेर अलि बाकुलो बनाउंछ ।

२.३. यसरी मुछेको पीठो पकाउने भाँडोमा पातुलो गोलो गरेर पकाउंछ ।

२.४. यस्लाई सकेसम्म पातुलो र गोलो बनाएर पकाउने भाँडोमा छोपेर पकाउंछ ।

२.५. यस्मा बिशेष अरु रोटि पकाउंदा जस्तो रोटिलाई पल्टाएर दुबैतिर बाट पकाउने गर्दैनन् ।

क) एका तरफÞ मात्र पकाएर छोपेर पकाउने गरेको पाईन्छ ।

ख) अर्कोतिर भुलेर पनि पल्टाएर पकाउने गर्दैन ।

ग) यसो गर्दा सुल्टो र उल्टो भन्ने देखिन्छ । यही पकाउने तरिका बिशेष छ यो चतांमरि पकाउने बारेमा  ।

३. चतांमरि को प्रयोग पीठहरु को अगाडि आसनको रुपमा बिछाएर पीठहरु राख्न प्रयोग गरिन्छ । यसरी यस्ले एक बिशेष कार्यमा सहयोग पुर्याउंछ ।

३.१. देवाली पूजा वा दिग्पूजामा चतांमरि महत्वपूर्ण मात्र होईन कि नभईनहुने मान्यता छ ।

३.२. दिग्पूजा गर्न चतांमरि लाई पीठहरुको अगाडि आसनको रुपमा बिछ्याईन्छ । यसरी यस रोटिको प्रयोग एक बिशेष कार्य को लागि गरिन्छ ।

३.३. यसरी यस्लाई एक बिशेष कार्य गर्न पीठहरु को अगाडि आसनको रुपमा बिछ्याएर प्रयोग गरिने हुनाले यस्मा सुल्टो र उल्टो छुट्टिने गरेर पकाउनु परेको हो ।

३.४. यसरी पीठहरु को अगाडि आसनको रुपमा बिछाउंदा जहिले पनि सुल्टो गरेर बिछाउनु पर्छ । उल्टो गरेर भूलले पनि बिछाउन हुंदैन ।

३.५. त्यस्कारण चतांमरि पकाउंदा सुल्टो र उल्टो छुट्टीने गरेर बिशेष रुपमा पकाउनु पर्ने भएको हो ।

४.चतांमरि को रंग फरक फरक हुनसक्तछ । तर दिग्पूजामा भने सेतो चतांमरि मात्र प्रयोग मा ल्याएको वा चढाएको पाईन्छ ।

४.१. यस्को मुख्य कारण दिग्पूजामा कुलदेवता बाहेक पुर्खाहरु र केही मानेमा पीतृहरुको पनि याद गर्ने हुंदा सेतो सबैलाई चल्ने हुनाले प्रयोग गरेको हुनसक्तछ ।

४.२. अन्य पूजाहरु मा देवी देवताको रंग र कपडा पहिरन पहिरिएको रंग अनुसार चतांमरि को रंग प्रयोग गरेको पाईन्छ ।

४.३. अझ कैयौ पूजाहरु मा त यो चतांमरि को रंगबाट कुन देवी देवता होला भनेर अडकल सम्म लगाउन सकिन्छ ।

४.४. पाहाँचःह्रे को पर्व मनाएको बेलामा यो चतांमरि को रंग को कुरा प्रष्ट देख्न पाईन्छ ।

४.५. भद्रकाली अजिमा नीलो रंगको भन्ने मान्यता भएको हुंदा नीलो रंगको चतांमरि धेरै मात्रा मा उपयोग गरेको पाईन्छ ।

४.६. त्यस्तै तेवाहा को माहेश्वरी को खटमा माहेश्वरी शक्ति पीठ भएको कारण पहेंलो चतांमरि बढी प्रयोग गरेको पाईन्छ ।

४.७. अझ कंग अजिमा रातो रंगको भन्ने मान्यता भएको कारण रातै चतांमरि प्रयोग गरेको देखिन्छ ।

४.८. यसरी आआफ्नु रंगहरु को प्रयोग गरी चतांमरि बनाउंदा र प्रयोग गर्दा रमाईलोपन थपिएको छ ।

५. पाहाँचःह्रे को शक्ति पीठहरु को जात्रा पर्वमा असन को अन्नपूर्णा शक्ति पीठ अगाडि तीन ठाउंको शक्ति पीठहरु को खट् जुडाउने जात्रा हुन्छ । त्यहा‘ बिभिन्न रंगको चतांमरि आकाश मा उडेको र सो जमिनमा खस्दा तिप्न चाहनेहरु को रमाईलोपन खास हुन्छ ।

५.१. पाहाँचःह्रे को शक्ति पीठहरुको खट् जात्रा को तेस्रो दिन दिउंसो दुई बजेतिर असनचोक अन्नपूर्णा शक्ति पीठ अगाडि बिशेष भेला हुन्छ ।

५.२. त्यहाँ एक एक गरेर तीन वटै शक्ति पीठहरु को खटहरु जात्रा गर्दै आईपुग्छन् ।

५.३. यस्लाई तेवाहा , कंग , र भद्रकाली शक्ति पीठहरु बोकेको तीन खट् जुडाउने जात्रा भनिन्छ ।

५.४. तर खासमा त्यहा‘ एक खट्ले अर्को खटलाई जात्रा गरेर घुमेर आगोको ज्वाला साट्ने काम गर्छन् ।

५.५. त्यस्बेलामा यस असनचोकमा रमाईलोपन को आभास हुन्छ । असनचोकका चारैतिरको घर घरबाट, झ्याल झ्यालबाट , घरको छानाबाट तीन रंगका चतांमरिहरु आकाश मा उडाएको देखिन्छ ।

५.६. यो एउटा तेस्रो मौलिक चतांमरि उडाउने बिशेष प्रचलन हो । त्यत्तिखेर आकाश मा तीन रंगको चतांमरि उडेर तल झरेको हुन्छ । त्यो त्यसै रमाइलो हुन्छ । त्यस्मा चतांमरि तिप्नेहरु को रमाइलो आफ्नै छंदैछ ।

५.७. त्यस्मा जात्रा को चहलपहल र एक खट् अर्को खटलाई घुम्दै आगोको ज्वाला सातेर रमाइलो गरेको दृश्य झन रोचक लाग्दछ ।

५.८. पहिले पहिले चतांमरि यसै फेंकिएको वा उडाएको देखिन्थ्यो भने आजकाल प्लास्टिक ले बेरेर उडाउने चलन छ ।

६. केही तन्त्र शास्त्र अध्ययन गर्ने बिद्वानहरु चतांमरि लाई चिन्तामणि भनेको पनि सुनिन्छन् ।

६.१. चिन्तामणि भनेको एक प्रकार को ढुंगा नै हो । यहा‘ चिन्तामणि को भाव राखेर चतांमरि बिछाएर आसन दिएर पूजा गरेको हो भनिन्छ ।

६.२. नेवारी खानामा आजकाल चतांमरि को पनि बिभिन्न परिकारहरु तैयार भएको पाईन्छ । त्त्यस्बारेमा छुट्टै आउला ।यो यहा‘को बिषय भएन ।

६.३. नेवार संस्कृति मा चामल र चामलमा आधारित बस्तुहरु को एउटा आफ्नै बिशेषता भएको र अलग महत्व बोकेको मौलिक परम्पराहरु छन् ।त्यो पनि आजको बिषय बस्तुमा परेन ।

६.४. आजलाई यति चतांमरि नेपाल को मौलिक रोटि भनेर टुंग्याएं , बा‘कि पछि अर्कोमा धन्यबाद छ ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments