न्हुदँको अध्यक्ष भिन्तुना श्रेष्ठ

 लावण्य/साँखु । न्हुदँ समारोह समिति सक्वको अध्यक्षमा लप्सेफेदीका भिन्तुना श्रेष्ठको मनोनयन भएको छ ।

उहाँलाई निवर्तमान अध्यक्ष लक्ष्मीश्वरी श्रेष्ठले नेपाल सम्वत् ११४१ का लागि पदभार हस्तान्तरण गर्नुभएको हो ।

साँखुमा न्हुदँ समारोह समितिको अध्यक्ष प्रत्येक वर्ष परिवर्तन गर्ने परम्परा रही आएकोछ । सोही परम्परा अनुसार यस वर्ष लप्सेफेदीको पालो परेको हुँदा त्यहाँका प्रतिनिधि भिन्तुना श्रेष्ठलाई अध्यक्ष मनोनयन गरिएको हो ।

अर्को वर्ष साल्खाटोलको पालो पर्छ । सोही कारण यो वर्ष साल्खाटोलले सचिवको पदभार पाउने हुन्छ ।

Post a Comment

0 Comments