राजु थापा खुलालटार
हेलो किसान । युरिया मल पाउनु भयो < कि मल नै नहालि धान काट्नु भयो < कि मल नै नहालि मकै भाँच्नु भयो < मलको अभाब भएकोले तरकारी खेति नगर्ने सोचमा हुनुहुन्छ कि < पर्खनुहोस सरकारले सापटी मल ल्याउदैँछ ।
देशभरी किसान छन, खान पुग्ने अन्न छैन । खोलाभरी पानी छ खेतमा सिंचाइ छैन । कृषि सहकारीबाट मल बितरण गर्ने सरकारी नीति छ, गोदाममा एक बोरा मल छैन । नीतिहरू राम्रा छन, बेथितिहरू धेरै छन् । हाम्रो कृषि तपाईले फलाउनु भएको फर्सि जस्तै छ । बाहिर राम्रो छ, भित्र कुहिएको छ । अस्तब्यस्त छ । कृषिमा भाइरस पसेकोछ । भाइरसका जिवाणु खाइदेउहरू हुन् । खाइदेउहरू कर्मचारी बनेर बसेका छन्, मल आयातकर्ता बनेकाछन्, कृषि सहकारीमा छन् ।
हामी राजनितिक नारा लिएर सडक तताउँदछौ ! मल खै भनेर सडकमा कराउँँदैनौ । आफु पढ्ने बिश्वबिद्यालयमा ताला लगाउँदछाँै । २० प्रतिशत मल स्टक किन नराखेको भनेर नियम देखाएर हाकिमलाई कालो मोसो किन दल्दैनौँ < त्यसो त किसानहरू सोझाछन्, मल किन्नजाँदा प्रहरीको लाठी सहन्छन्, रित्ता बोरालिएर फर्कन्छन् । युरियामा ४६ प्रतिशत नाइट्रोजन हुन्छ भन्ने सम्म थाहापाउन्नन्, उनीहरू युरीया मललाई देशि मल भन्छन, सेतो मल भनेर माग्दछन् । बोरामा युरिया मल लेखिएकै भरमा किन्छन, ४६ प्रतिशत युरिया छ कि छैन भनेर कहिल्यै शंका गर्दैनन् । शंका गरे पनि जाँचिदिने निकाए छैन । सुनिदिने ईकाइ छैन । छन् त देश भरी कृषि समुह छन, दलहरू पिच्छे किसान संगठन छन् । उनीहरू बोल्दैनन् ।
एक दिन तिमीले खाने चौरासी व्यन्जन किसानले देखे भने ! तिम्रा शयनकक्षमा किसानहरू पसे भने तिम्रा सपना चकनाचुर हुन्छ, लथालिंग हुन्छ ।
छन त किसानका प्रतिनिधि कृषि मन्त्री छन् । उनि राम्रा बाट हाम्रा भएका छन् । देशको पैसा अगाडि नै कुम्ल्याएको ठेकेदार चिन्दैनन् । समयमा युरिया मल किन नमगाएको भनेर कर्मचारीलाई कार्बाही गर्दैनन् । २० प्रतिशत स्टक मल किन नराखेको भनेर हाकिमलाई स्पष्टिकरण सोध्दैनन् ।
सधै कति हाहाकार <
देश भित्र नै एउटा मल कारखाना खोल्ने भनेर धेरै नेताहरूले भोट पाए तर भएको सगरमाथा मल किन उत्पादन भएन भनेर कसैले खोजी गरेन । हाम्रो सामथ्र्य र शक्ति नभएको हो भने मुलुकलाई अर्गानिक खेतिमा किन नलैजाने ? नाइट्रोजन तत्व कुखुराको मल , हरियो ढैचा खेति लगाएतबाट पनि प्राप्त गर्न सकिन्छ भनेर किसानलाई किन नबुझाउने ? नगरपालिकाले उठाएको फोहोर प्रशोधन गरेर समुदायमै प्रयोगमा ल्याउने नीति किन नल्याउने <
-प्रतिक्रियाको लागि lwsandesh@gmail.com_
0 Comments
Thanks for your concerns