टेबल म्यानरः बच्चालाई कसरी
सिकाउने खाना खान
?
बच्चालाई हामी पढ्न
सिकाउँछौ । लेख्न
सिकाउँछौ । ठूलो
मान्छे बन्नुपर्छ भन्छौ ।
तर, उनीहरुलाई कसरी
व्यवहारिक रुपमा सक्षम र
सभ्य बनाउने भन्ने
कुरामा उति ख्याल
गर्दैनौ । बच्चाले
विद्यालयबाट मात्र सबै कुरा
सिक्दैनन् । धेरैजसो
व्यवहारिक कुरा त
घरमै सिकाउनुपर्छ ।
जस्तो कि, कसरी
खाना खाने ?
अक्सर हामी बच्चालाई
कस्तो खानेकुरा दिने
भन्ने कुरामा चर्चा
गर्छौ । तर,
कसरी ख्वाउने भन्नेमा
ध्यान जाँदैन ।
खाना खाने पनि
खास तौर तरिका
हुन्छ । शिष्टचार
हुन्छ । खाना
खान कसरी तयार
हुने, कुन खानेकुरा
कसरी खाने, कुन
भाडा वर्तन कसरी
प्रयोग गर्ने, खानेकुरा खाइरहेको
बेला के नगर्ने,
खाइसकेपछि के गर्ने
भन्ने जस्ता कुराहरु
बच्चालाई सानै उमेरदेखि
सिकाउनु पर्छ ।
१. बसेर खान
सिकाउने
अक्सर ४ र
५ बर्षको उमेर
भइसकेपछि बच्चाहरु आफै बस्न
सक्षम हुन्छन् ।
ठीक यहि बेला
उनीहरुलाई टेबलमा बसेर खान
अभ्यस्त गराउनुपर्छ । तर,
ध्यान दिनुपर्ने कुरा
चाहि के भने,
कुसी उनीहरुका निम्ति
सहज हुनुपर्छ ।
संभव भए, बच्चाका
लागि तयार गरिएको
कुर्सीको प्रयोग गर्नुपर्छ ।
नभए, थप कुशन
राखेर कुर्सीलाई सजिलो
बनाइदिनुपर्छ ।
२. सरसफाई
सरसफाई गरेर फ्रेस भएपछि
मात्र डाइनिङ टेबलमा
बस्न सिकाउनुहोस् ।
टेबलमा बसेपछि खानेकुरा धैर्य
गर्न पनि सिकाउनुपर्छ
। जथाभावी खानेकुरामा
हात हाल्ने, खेलाउने
गर्न दिनु हुँदैन
। संभव भए
बच्चाको लागि छुटै
एप्रोनको व्यवस्था गरिदिनुपर्छ ।
३. आफै खान
दिने
अहिले धेरै आमाबुवाले
बच्चालाई खाना ख्वाइदिने
गर्छन् । उनीहरु
ठूलो हुँदै गएपछि
यसले समस्या ल्याउँछ
। त्यसैले सानै
उमेरदेखि आफै खाना
खान सिकाउनुपर्छ ।
त्यसका लागि हातले
कसरी खाने वा
चम्चाको प्रयोग कसरी गर्ने
भन्ने कुरा झर्को
नमानी सिकाउनु पर्छ
। यस क्रममा
उनीहरुले खानेकुरा राम्ररी टिप्न
जान्दैनन् । त्यसको
सहि विधी सिकाउनुपर्छ
तर, आफैले ख्वाउने
गर्नु हुँदैन ।
४. खाने शैली
बच्चालाई सानैदेखि सहि ढंगले
एवं सभ्य ढंगले
खाना खान सिकाउनुपर्छ
। खानेकुरालाई स(सानो टुक्रा
बनाएर खाने ।
सानो गाँस खाने
। खानेकुरा राम्ररी
चपाउने । चपाउँदा
मुख बन्द गर्नुपर्ने,
आवाज निकाल्न नहुने
जस्ता कुराहरुमा अभ्यस्त
गराउनुपर्छ ।
५. खानाको महत्व र
तरिका
खाना त्यती नै पस्कन
दिनुपर्छ, जति उसले
खान्छ । एकसाथ
धेरै खानेकुरा पस्किनु
हुँदैन । अक्सर
बच्चाहरुले खानेकुरा छाड्ने, छरपस्ट
पार्ने गर्छन् । यस्तो
नगर्नका लागि निश्चित
खानेकुरा मात्र पस्कनुपर्छ ।
साथै, सबै किसिमको
खानेकुरा खान सिकाउनुपर्छ
। कुन खाना
कसरी खाने भन्ने
विधी सिकाउनुपर्छ ।
सागपात, सलाद, गेडागुडी आदिमा
सानैदेखि अभ्यस्त गराउनुपर्छ ।
६. भाँडाको प्रयोग
सानै उमेरदेखि सिकाउनुपर्छ कि,
डाइनिङ टेबलमा राखिएको भाँडा
वर्तनको उपयोगिता के हो
भन्ने कुरा ।
थाल, प्लेट, चम्चा,
गिलास आदिको प्रयोग
कसरी र केका
लागि गर्ने भन्ने
कुरा सिकाउनुहोस् ।
७. स्वाद लिन सिकाउनुहोस्
अक्सर आमाबुवा बच्चाको पेट
भरियोस् भन्ने कुरामा मात्र
केन्द्रित हुन्छन् । त्यसैले
जसरी हुन्छ, उनीहरुलाई
ख्वाउने प्रयास गर्छन् ।
यद्यपी बच्चालाई कुनैपनि खानेकुराको
स्वाद लिएर खान
सिकाउनुपर्छ । बिस्तारै
चपाएर सेवन गर्दा
खानेकुराको असली स्वाद
लिन सकिन्छ ।
८. स्वस्थ्य खानेकुरामा अभ्यस्त
बच्चालाई सानै उमेरदेखि
अमिलो, पिरो, मसेलदार, तारेको,
भुटेको खानेकुरामा बानी पार्नु
हुँदैन । उनीहरुको
जिब्रोले त्यस्ता खानेकुरा खोजेकै
हुँदैनन् । त्यसैले
सानो उमेरसमा स्वस्थ्यकर
खानेकुरामा अभ्यस्त गराउनुपर्छ ।
सकेसम्म उसिनेको खानेकुरा खान
सिकाउनुपर्छ ।
९. शान्त हुनुपर्छ
खाना खाएको बेला बोल्नु,
हो हल्ला गर्नु
असभ्य मानिन्छ ।
त्यस्तै थाल, चम्चा
बजाउनु पनि राम्रो
मानिदैन । त्यसैले
खाना खाएको बेला
एकदमै शान्त भएर
खाने बानी गराउनुपर्छ,
ताकी उनीहरुको सम्पूर्ण
ध्यान खानामा मात्र
केन्द्रित होस् ।
१०. खाना खाइसकेपछि
अक्सर बच्चा खाना खाइसकेपछि
जुठो थाल टेबलमा
छाड्छन् । तर,
उनीहरुलाई जुठो थाल
भाँडा माझ्ने ठाउँसम्म
पु¥याउन दिनुपर्छ
। त्यस्तै जुठो
खानेकुरा डस्बिनमा राख्न सिकाउनुपर्छ
।
साभार ः अनलाईनखबर
0 Comments
Thanks for your concerns