काठमाडौंमा बँ पस (फुटपाथ पसल) हटाईएको अवस्था यस्ताे देखियाे






लावण्य÷साँखु । करिब १ महिना भयो काठमाडौँ सहरका प्रमुख बजार असन, ईन्द्रचोक, न्यूरोड लगायत प्रमुख स्थानहरुमा अव्यवस्थितरुपमा राखिएका बँ पस (फुटपाथ पसल)ले कब्जा गरेर राखेका पाटी पौवा एवं सडकपेटी, चोक गल्ली सबै स्थानहरु खाली गर्ने अभियान जनस्तरबाटै थालिएको छ ।
लकडाउनको मेलोमा सुरु गरिएको यो अभियानमा जागरुक युवा समूहको प्रमुख भूमिका रहेको छ भने उनीहरुलाई साथ सहयोग गर्नको लागि स्थानीय टोल सुधार समिति, स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरीको पनि साथ सहयोग रहेको थियो ।
यस अभियानका कारण अहिलेसम्म किलागल, असन, इन्द्रचोक, प्याफल, त्यौड लगायत प्रमुख सडक र बजारहरुमा फुटपाथ पसल देखिँदैन । यसले गर्दा सडकमा हिँड्ने सर्वसाधारणलाई राहत मिलेको छ ।
तर यो सँगै एउटा विषय भने टड्कारोरुपमा उठेको छ । त्यो हो गरीबले गरिखान नपाउने हो त ?
यस सम्बन्धमा पनि पत्रकार बिराजकाजी राजोपाध्यायले एउटा सुझाव पोष्ट गर्नुभएको छ ।
बाहिरका मानिसहरु आएर सहर बजारमा काम गर्न नपाउने तर स्थानीयले सोही ठाउँमा पसल राख्न पाउने भन्ने कुरा पनि अहिले आएर मुनासिब र व्यवहारिक भएन । त्यसैले अहिले चलिरहेको टे«ण्डलाई फलो गरेर अनलाईन वा फोन मार्फत् बुकिङ गरेर होम डेलिभरी सर्भिस गर्ने ।
तरकारी फलफूल आफूलाई चाहिने जे जस्तो कुराहरु जुन तपाइँ फुटपाथबाट किन्नुहुन्छ । ती सामग्रीहरुको लागि स्थानीय नजिकैको विक्रेता वा होम डेलिभरी गर्ने समूहका कुनै सदस्यलाई फोन गर्ने उनले ठाउँ हेरी ५÷१०÷२० रुपैयाँ सर्भिस चार्ज लिएर घर घरमा तरकारी, फलफूल, लगायतका आवश्यक सामग्री घर घरै पु¥याईदिने यस्तो गर्दा होम डेलिभरी गर्नेहरुलाई पनि ३० जनालाई मात्रै डेलिभरी गर्दा पनि करीब ३ सय रुपैयाँ आम्दानी हुन्छ भने सर्वसाधारलाई पनि खासै मर्का नपर्ने देखिन्छ ।
यस्तो गर्दा फुटपाथमा व्यापार गर्नुको सट्टा ईज्जतसाथ अफिसमै अथवा कोठामै बसेर बुकिङ्ग गरि घर घरमा पु¥याईदिने र आफूलाई पनि आवश्यकता अनुसार फाईदा हुने हुँदा यो खालको व्यापार गर्ने सोच बनाउँदा राम्रै हुने आएको छ ।

Post a Comment

0 Comments