म के के भएँ ?



प्रो. मिठ्ठाराम थापा खुलालटार
          के के भएछु के के ?
          कहिले विद्वान प्रधानमन्त्री
          कहिले इतिहासमै बदनाम प्रधानमन्त्री
          अपशोच ! के के भएछु के के ..... ?
दिनमै सपना देख्न थालेछु
भन्न थालेँ
प्याकेजमा सहमती, प्याकेजमा ....... प्याकेजमा सहमती
यसरी बरबराउँदा बरबराउँदै,
बेहोस भएछु
होसमा आउँदा ,
थुइक्क,
म्याद सकिएको ट्याबलेट पो भएछु

Post a Comment

0 Comments