एक अति विवादित सोभियत रुसी कवि बारीस पास्टर्नाक


– ई. राजदास श्रेष्ठ

सोभियत रुसका एक अति विवादित र अति उत्कृष्ट कवि बारीस पाष्टनीकको जन्म एक कुलीन घरानामा सन् १८९० फेबु्रअरी १० तारिखका दिन तत्कालीन रुसी साम्राज्यको दोस्रो ठूलो सहर मास्कोमा भएको थियो । त्यसबेला रुसको राजधानी सेन्ट पिटर्सवर्ग (सोभियत लेनिनग्राद) थियो ।
सेन्ट पिटर्सवर्गमा विश्व प्रसिद्ध हेर्मिताज कला संग्रह (म्युजियम) छ । फ्रान्सको पेरिस स्थित लुभर म्युजियम पछिको दोस्रो विश्व प्रसिद्ध हेर्मिताजमा एक लाख पचास हजार जति चित्रकला र अन्य कलाकृतिहरु प्रदर्शनमा राखिएका हुन्छन् भने ३० लाख भन्दा बढी विश्व कलाकृति यस्को संग्रहमा रहेको छ ।
हेर्मिताजमा प्रदर्शित कलाकृतिहरु प्रत्येकमा २–३ मिनेट लगाएर हेर्दै गएमा सबै कलाकृति अवलोकन गर्न ठीक एक महिना लाग्छ । सन् १७६४ मा स्थापना भएको यस हेर्मिताज म्युजियम सर्वसाधारणको लागि सन् १८५२ मा खुलेको थियो ।
मास्को सहरमा जन्मेका बारीस पास्टनीकका बुबा एक प्रख्यात चित्रकार थिए भने उनको आमा एक चर्चित पियानो बादक थिईन् ।
बारीसका पिता लिओनिद पास्टनीक विश्व प्रसिद्ध उपन्यासकार लियो टोल्स्टोयका ठूलो प्रशंसक थिए र पास्टनीक परिवारमा लियो टोल्सटोयको ठूलो गुणगान र मानसम्मान हुन्थ्यो । रुसी उपन्यासकार लियो टोल्सटोयलाई विश्व साहित्य समाजले १९ औँ शताव्दीको सर्वोत्कृष्ट उपन्यासकार घोषित गरेको थियो ।
प्रारम्भिक अध्ययन
बारीस पास्टनीकको प्रारम्भिक शिक्षा मास्को स्थित एक जर्मन विद्यालयमा भएको थियो । पछि १४ वर्षको उमेरमा सन् १९०४ देखि १९१० सम्म ६ वर्ष उनी संगीत शास्त्र अध्ययन गर्न पुगे । त्यसपछि संगीत क्षेत्र त्यागी उनी दर्शनशास्त्र पढ्न जर्मनको मार्गबुर्ग पुगे, तर केवल ४ महिना मात्र जर्मन बसी केही समयकोलागि ईटाली भ्रमणमा गएर फेरि मास्को सहर फर्केर आजीवन साहित्य क्षेत्रमा लागे ।
साहित्य समाजमा प्रवेश
बारीस पास्टनीकको पहिलो साहित्यिक कृति थियो सन् १९२२ मा प्रकाशित “भ्रातृ मेरो जीवन” (माई सिस्टर माई लाईफ) र तत्काल पछि सन् १९२३ मा प्रकाशित अर्को काव्य “विषय र विविधता”ले पास्टनीकलाई रुसी साहित्य समाजमा एक सशक्त कवीको रुपमा स्थापित गरायो ।
पास्टनीकका साहित्य लेखन सर्वसाधारणलाई बुझ्न गाह्रो खालको अलि क्लिष्ट थियो र पछि विस्तार विस्तार उनले आफ्नो लेखनलाई सरल बनाउन चेष्टा गर्दै गए ।
बारीस पास्टनीक कवि मात्र थिएन उनी एक उपन्यासकार र भाषाविद् अनुवादक पनि थिए ।
उनले शेक्सपियर, गोथे र शीलर जस्ताका नाटक र काव्यहरु अनुवाद पनि गरेका थिए रुसी भाषामा । ती अनुवादित साहित्य कृतिहरु रुसी साहित्य भण्डारमा सुरक्षित रहे र रुसी समाजमा धेरै लोकप्रिय पनि भए ।
पास्टनीकका बुबा लिओनेद पनि आफ्नो समयमा बराबर उपन्यासकार लियो टोल्सटोयलाई घरमा गई भेट्न जान्थे र टोल्सटोयका उपन्यासका पात्रहरु र विषयवस्तु आफ्नो चित्रकलामा उद्दृत गर्थे । लियो टोल्सटोय बारीस पास्टनीकका पारिवारिक मित्र थिए र लियोदिन पास्टनीकले यिो टोल्सटोयका चित्रहरु पनि कोरेका थिए ।
सन् १९१४ मा सुरु भएको प्रथम विश्वयुद्धमा बारीस पास्टनीक उराल पर्वतको एक रासायनिक कारखानामा काम गर्न गए । शारीरिक समस्याले गर्दा उनी युद्धक्षेत्रमा जान सकेन । सन् १९१७ को महान अक्टोवर क्रान्तिपछि उनी एक सोभियत सरकारको पुस्तकालयमा कार्यरत रहे ।
प्रतिकवाद (सिम्बोलिज्म) पछिको युगका कवि बारीस पास्टनीक मास्कोको आधुनिक कविहरुको समाज फुटुरीष्ट समाजमा सामेल भए । प्रथम विश्वयुद्धकालमा आफ्नो रचनाहरु प्रकाशित गर्दै गएका कवि बारीस पास्टनीक सन् १९१४ मा एक प्रसिद्ध रुसी कावि भ्लादीमिर मायाकोभ्स्कीको संगतमा पर्न गए ।
सन् १९१७ मा बारीसले “पर्खालमाथि” (ओभर द बारीयर्स) भन्ने आफ्नो काव्यको दोस्रो खण्ड प्रकासन गरेर रुसी साहित्य समाजमा एक सशक्त भावनात्मक कविको रुपमा उदाए ।
सन् १९२४ मा “सर्वोत्कृष्ट व्यथा” (सब्लाईम मालाडी) भन्ने काव्य १९०५ को रुसी आन्दोलनमा आफुले देखेको र अनुभव गरेका कुरा व्याख्या गर्दै प्रकासन गरेपश्चात् सन् १९२७ मा फेरि उही १९०५ को आन्दोलनलाई लिएर “लेफ्टीनेन्ट स्मीथ” र “१९०५ साल” भन्ने दुई काव्य प्रकाशित गरे । लेफ्टीनेन्ट स्मीथ १९०५ आन्दोलनका एक नायक थिए सेभास्टोपल सहरमा ।
सन् १९३५ मा बारीस पास्टनीकले वेलायतका महान् नाटककार शेक्सपियर लगायत प्रसिद्ध जर्मन साहित्यकार गोथेका साथ शीलर, क्लिष्ट, शैल्ली तथा अन्य विश्व विख्यात साहित्यकार र कविहरुका रचनाहरु रुसी भाषामा अनुवाद गरी प्रकाशित गरे । एवं रीतले बारीस पास्टनीकले विभिन्न विधा र विषयमा आफ्ना साहित्यिक रचनाहरु प्रकाशित गर्दै जाने क्रममा सन् १९५७ मा उनको सर्वोत्कृष्ट मानिएको साहित्य रचना “डाक्टर जिभागो” प्रकाशनमा आए ईटाली भाषामा । सर्वप्रथम ईटाली भाषामा प्रकाशित यो उपन्यास तत्काल अंग्रेजीमा पनि प्रकाशित भयो ।
पास्टनीकको “डाक्टर जिभागो”
सन् १९५७ मा बारीस पास्टनीकको उपन्यास सर्वप्रथम ईटाली भाषामा ईटालीमा प्रकाशित भएको हो “डाक्टर जिभागो” ।
यूरी जिभागो नामक एक मेडिकल डाक्टरलाई नायक बनाएर लेखिएको यस उपन्यासको मूल विषय हो सन् १९०५ मा रुसमा भएको आन्दोलन देखि द्वित्तिय विश्वयुद्धसम्मका घटनाक्रमहरु र यो समयमा रुसी जनताले भोगेका दुःख वेदना र कष्टबारे लेखिएको महान समाजवादी अक्टोवर क्रान्तिप्रति आफ्नो अलग्गै धारणामा अडिग रहेको कारण “डा. जिभागो” सोभियत संघमा प्रकासन गर्न दिईएन । र यस्को धेरै निन्दा चर्चा गरियो सोभियत संघमा ।
ईटालीको एक प्रकाशन समिति
जियान्जियाकोमो फेल्ट्रीनेलीले गुप्तरुपमा “डा. जिभागो” को पाण्डुलिपी मिलान सहरमा लगेर बारीस पास्टनीकको स्वीकृतिमा सन् १९५७ मा सर्वप्रथम ईटाली भाषामा प्रकाशन ग¥यो र तत्काल अंगे्रजी भाषामा पनि । सोभियत सरकारले उक्त प्रतिलिपी फिर्ता लिन पास्टनीकलाई दबाव दिए पनि पास्टनीकले उक्त ईटालियन कम्पनीलाई एक गोप्य खबर पठाई प्रकासन गर्न स्वीकृति दिए अनुसार निस्केको हो पास्टनीकको “डा. जिभागो” ।
सन् १९५८ मा पुस्तक प्रकासन भएको एक वर्ष पछि उक्त पुस्तक वापत पास्टनीकलाई नोवेल पुरस्कार दिने घोषणा गरियो ।
तर सोभियत सरकारले बारीस पास्टनीकलाई उक्त पुरस्कार अस्विकार गर्न दबाव दिए र आफ्नो जीवनकालमा पास्टनीकले उक्त नोवेल पुरस्कार ग्रहण गर्न सकेन, यद्यपी सन् १९८८ मा उनका नातेदारले सो पुरस्कार प्राप्त गरे ।
सन् १९६५ मा डाभीडलीन भन्ने सिने निर्माताले “डा. जिभागो” उपन्यासको आधारमा एक फिल्म पनि बनाए । सन् २००३ देखि बारीस पास्टनीकको उक्त उपन्यास रुसका विद्यालयहरुमा पाठ्यपुस्तकका रुपमा ११ क्लासमा राखिएको छ ।
पास्टनीकको मृत्यु
सन् १९६० मे ३० तारीख बारीस पास्टनीकको मृत्यु भयो उनको मास्को नजिक पेरेजेल्किनोमा रहेको आफ्नै निवासमा फोक्सोमा भएको क्यान्सर रोगका कारण ।
पास्टनीकको उक्त डाच्छा (नीजि घर) लाई अहिले एक म्युजियमको रुपमा स्थापना गरिएको छ ।
विवादित बारीस पास्टनीक
“डाक्टर जिभागो” उपन्यास प्रकासनमा, त्यो पनि सोभियत सरकारको अनुमति विना एक गोप्य तवरमा प्रकाशित भएपछि बारीस पास्टनीक सोभियत समाज र सोभियत साहित्य जगतमा धेरै विवादित भए । उक्त उपन्यासमा लेखिएका रुसी जनताको दुःख, कष्ट र धेरै पीडाजनक कथाहरु र यसको कारण सोभियत सरकार र सोभियत नेताहरु विशेष गरेर सोभियत नेता जोसेफ स्टालीन र निकिता खु्रश्च्योभको भन्ने आसयका कारण बारीस पास्टनीक सोभियत सरकार नियन्त्रित साहित्यकारहरुको समाजको कोपभाजनको शिकार भए भने पूँजीवादी र साम्राज्यवादी देशहरुमा मुख्यतया वेलायत र अमेरिका धेरै खुशी भए र अमेरिकी गुप्तचर विभाग (सिआईए) को सक्रियताा नै पास्टनीकलाई “नोवेल पुरस्कार” प्रदान गरिएकोभन्ने तथ्य खुलेको छ र अमेरिकाकै निर्देशनमा लाखौँ प्रति “डा. जिभागो” प्रकाशित भएको भन्ने सुनिन्छ ।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments