गत वर्ष बैशाख
१२, १३ र
२९ गतेको भूकम्प
एवं पराकम्पका कारण
क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा राज्य
तदारुकताका साथ जुट्नुपर्नेमा
अहिलेसम्म भूकम्प पीडितहरुको अभिलेख
समेत राज्यले राख्न
सकेको छैन ।
साथै उनीहरुलाई दिने
भनिएको अनुदान रकमको लागि
सम्झौता गर्न समेत
सकेको छैन ।
अझ गत वैशाखमा
पूर्व प्रधानमन्त्री केपी
शर्मा ओली आफैले
सिलान्यास गरेको स्थान बुङ्मतीमा
समेत स्थानीयले अनुदान
रकमको लागि सम्झौता
गरेका छैनन् ।
त्यहाँ जम्मा ३ जनाले
मात्रै अनुदान सम्झौता गरेका
छन् । तिनीहरु
पनि नगर बाहिरका
हुन् । सोही
समस्या साँखु, टोखा, धर्मस्थली,
काठमाडौँका विभिन्न स्थान, ललितपुर,
भक्तपुर लगायत नेवार बाहुल्य
रहेको नगरहरुमा देखिएको
छ । यी
वस्तीहरुमा पनि सरकारको
मापदण्डसँग मेल खानेगरि
स्थानीयले घर बनाउन
सक्ने देखिँदैन ।
यी र यस्ता
नेवार वस्तीहरुलाई विशेष
क्षेत्र घोषणा गरेर तत्कालै
सरकारले पुनर्निर्माणको लागि पहल
थाल्नु अति जरुरी
छ ।
अनुदान लिन सरकारी
मापदण्ड तोकिनु जायज रहेतापनि
व्यवस्थित र पुरातात्विकरुपमा
बनाइएका नेवार वस्तीहरुलाई टार्गेट
गरेर पुराना संरचना
भएको स्थानहरुमा समेत
घर बनाउन अनेक
कानुनी एवं अप्ठेरा
झन्झटहरु सिर्जना गरेर दुःख
दिनु जायज छैन
।
भूकम्पपछि नेवार वस्तीहरुमा पुनर्निर्माण
सुरु हुन सकेको
छैन । कहिँ
कतै सामान्य मर्मत
सम्भार गरेर बसोबास
गर्न थालेको भएतापनि
अधिकांश पाल र
टहरामै गुजारा गरिरहेका छन्
अथवा आफ्ना आफन्तहरुको
सरणमा वा डेरा
गरेर बसिरहेका छन्
।
उनीहरुको समस्याको सरकारी स्तरबाट
तत्काल सम्बोधन गर्नु जरुरी
रहेको छ । उनीहरुलाई सरकारले पुरानै
थातथलोमा बलियो घर बनाउन
प्रोत्साहित गर्नुपर्दछ । तर
उनीहरुलाई सो बस्तीबाट
उठीबास लगाउन भने सरकारले
पाउन्नन् । आदिवासी
जनजातिहरुको थातथलोका रक्षा गर्नु
सरकारको प्रमुख कर्तव्य पनि
हो । यस्तो
अवस्थामा घरको नक्सांकन
गरिदिनु आवश्यक अनुदान दिनु
र पुरातात्विक एवं
साँस्कृतिक ढंगले बनाउन खोजेका
घर र नगरलाई
विशेष प्राथमिकता दिई
विशेष क्षेत्र घोषणा
गरि उनीहरुको समस्याको
सम्बोधन गर्नु जरुरी छ
। नभए उपत्यकाका
पुराना बस्तीहरु उजाडिनेछन् ।
यो अवस्थामा आन्तरिक
एवं बाह्य पर्यटकहरु
उपत्यका घुमफिरको लागि आउने
सम्भावना कम हुनेछ
। अन्ततः यसले
मुलुककै अर्थतन्त्र चौपट हुनेमा
कुनै द्विविधा रहँदैन
। यतातर्फ सरकार
र सरोकारवालाहरुले तत्काल
विचार पु¥याउनुपर्दछ
।
लावण्य सन्देश वर्ष ६
अंक ११ को
सम्पादकीयबाट
0 Comments
Thanks for your concerns