साँखुको तारातीर्थ ः एक चर्चा

ल् केशव खड्का “साँखुको”
साँखु बजारबाट करिब २ किलोमिटर उत्तरपूर्वतिर लप्सेफेदी जाने बाटोमा साँखुका बासिन्दाको स्मशानघाट छ । यसको करिब सय मिटर माथि शालिनदी खोला भेटिन्छ । यहाँ बज्रयोगिनी तर्फबाट बग्दै आएको ठूली खोला र लप्सेफेदीको धुल्बु जंगलबाट आएको एउटा सानो खोला शालिनदी गंगामा मिसिन्छन् । यो त्रिवेणी संगममा एउटा ठूलो कालो घोप्टो परेको ढुङ्गा रहेको छ । यो टेबुल आकारको ठूलो ढुङ्गा देख्न सकिन्छ । यस ठाउँमा बज्रयोगिनी बसेर स्नान गर्ने ठाउँ भएकोले यो ठूलो टेबुल आकारको ढुङ्गालाई नै तारातीर्थ भनिँदो रहेछ । त्यो ऐतिहासिक श्रीश्रीश्री बज्रयोगिनीको पाउ र स्वयम श्रीश्रीश्री बज्रयोगिनीले स्नान गर्ने ठाउँ भएको हुँदा यो ठाउँ एक प्रसिद्ध तीर्थका रुपमा रहने त छँदैछ । त्यसमाथि यो सुन्दर र मनोहर ठाउँमा जो कोहीले पनि त्यो कालो ढुङ्गा के हो ? भनि प्रश्न गर्ने ठाउँ छँदैछ । यो ठाउँमा स्वयम् भगवती श्रीश्रीश्री बज्रयोगिनीले स्नान गर्ने हुँदा र भगवतीको अर्को रुपमा नाम तारा भएको हुँदा यो तीर्थको नाम तारा तीर्थ रहन गएको हुनुपर्दछ ।
हुनतः बुढानिलकण्ठभन्दा माथि पनि शिवपुरी जंगलभित्र तारातीर्थ भनि नयाँ वर्षको दिन बैशाख १ गते मेला लाग्ने गर्दछ । शिवपुरी जंगलभित्र रहेको शतरुद्रेश्वर, वागद्वार, विष्णुद्वार, तारातीर्थ, बुढानिलकण्ठ, सपन तीर्थ र भक्तपुरको विस्केट जात्रामा लौरो चढाउने पुरानो पौराणिक मेला लाग्दछ । यो प्रत्येक नयाँ वर्षको नयाँ विहानीमा सुरु भै एक दिनमा हिँडेर भ्याउने मेला लाग्ने गरेको इतिहास छ ।
साँखु लप्सेफेदीको तारातिर्थमा साँखुका स्थानीयबासीले बाह्र«तीर्थ स्नान गर्ने समयमा स्नान गर्ने गर्दछन् भने भगवती श्रीश्रीश्री बज्रयोगिनीको कलेवर फेर्न १२ वर्षे मेलामा यस तीर्थको जल समेत अन्य ठाउँको जल संकलन गरि अभिषेक गर्ने परम्परा रहेको छ । यसै वर्ष लावण्य सन्देशको अगुवाईमा साँखुका उतसाही युवाहरुबाट बाह«तीर्थको भ्रमण भएको थियो । ऊँ नमः शिवायः ।

Post a Comment

0 Comments