रोचक विश्व

पोर्न साईट हेर्नेमा एक चौथाई महिला
ल्यापटपमा पोर्न सामाग्री हेर्ने चलनले म्यागेजिनलाई विस्थापित गर्यो । अब भने मोबाइलले डेक्सटपलाई प्रतिस्थापन गर्ने देखिएको छ, एडल्ट साइट हेर्ने मामिलामा ।
पोर्न सम्बन्धि चर्चित वेबसाइट पोर्नहर्वले गरेको एक अध्ययन अनुसार गएको वर्ष स्मार्टफोनबाट पोर्न साइट भिजिट गर्नेहरुको संख्यामा १२ प्रतिशतले वृद्धि भएको छ ।
तथ्यांक अनुसार स्मार्टफोनबाट पोर्न साइट हेर्नेहरुमध्ये झण्डै ५० प्रतिशत एन्ड्रोइड स्मार्टफोनवाला छन् । एन्ड्रोइड स्मार्टफोनबाट पोर्नसाइट हेर्नेको संख्यामा अघिल्लो वर्ष ११ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
पोर्नहबले प्रकाशित गरेको सन् २०१४ को वाषिर्क रिपोर्ट अनुसार गएको वर्ष उक्त साइटमा पोर्न भिडियो हेर्ने ७८ अर्ब ९० करोड जना थिए । जसमा ४५ प्रतिशत स्मार्टफोनबाट हेरिएको थियो । डेक्सटप कम्प्युटर प्रयोग गरि पोर्न साइट हेर्ने ४४ प्रतिशत रहेका छन् भने ट्याबलेट प्रयोग गर्ने ११ प्रतिशत ।
तथ्यांक अनुसार पोर्न साइट सबैभन्दा बढि हेरिनेमा अमेरिका पहिलो नम्बरमा छ । बेलायत दोश्रो तथा क्यानाडा तेश्रो स्थानमा रहेको छ । चौथो स्थानमा भारत रहेको छ । जर्मनी, फ्रान्स, इटाली, अस्ट्रेलिया, ब्राजिल र मेक्सिको क्रमशः दशौँ स्थानसम्म रहेका छन् ।
तथ्यांक अनुसार फोनबाट पोर्न साइट हेर्ने चलन टर्की र इस्टोनियामा सबैभन्दा उच्च दरमा बढेको छ । पोर्नसाइट हेर्दाको स्मार्टफोन ट्राफिक टर्कीमा अघिल्लो वर्ष ६ सय ३५ प्रतिशतले बढेको छ भने इस्टोनियामा १ सय ४२ प्रतिशतले । त्यस्तै ट्याबलेटबाट पोर्नसाइट हेर्ने मामिलामा मलेसियाले सबैभन्दा उच्चदरको वृद्धि कायम गरेको छ । मलेसियामा गएको वर्ष ट्याब्लेटबाट पोर्नसाइट हेर्ने दरमा १ सय ३८ प्रतिशतले वृद्धि भएको छ भने कोलम्बियामा १ सय २८ प्रतिशतले ।
अघिल्लो वर्ष डेक्सटपबाट पोर्नसाइट हेर्नेहरुको संख्यामा १३ प्रतिशतले कमी आएको छ ।
अघिल्लो वर्ष एन्ड्रोइड स्मार्टफोनबाट पोर्नसाइट हेर्नेको संख्या ११ प्रतिशतले बढ्दै ४९।९ प्रतिशतमा पुगेको छ । दोश्रो स्थानमा रहेको एप्पलको आइओएसको हिस्सा ४०।२ प्रतिशत रहेको छ । तेश्रो स्थानमा विन्डोज स्मार्टफोन र चौथो स्थानमा ब्लाकबेरी रहेको छ ।
पोर्नसाइटमा सबैभन्दा धेरै समय बिताउनेहरुमा फिलिपिनोहरु एक नम्बरमा रहेका छन् । फिलिपिनोहरुले गएको वर्ष प्रत्येक पटकको क्लिकमा पोर्नहवमा औषतमा १२ मिनेट ४० सेकेण्ड बिताएका छन् । दोश्रो स्थानमा रहेका अमेरिकीहरुले ९ मिनेट ४० सेकेण्ड बिताउने गर्छन् । तेश्रो स्थानमा अस्ट्रेलियन, चौथोमा क्यानेडाली तथा पाँचौमा बेलायती छन् ।
तथ्यांक अनुसार विश्वमा पोर्नसाइट हेर्नेमध्ये २३ प्रतिशत महिला रहेका छन् । पोर्नसाइट सबैभन्दा धेरै हेर्ने महिला ब्राजिलका रहेका छन् । ब्राजिलमा पोर्नसाइट हेर्नेहरुमध्ये ७१ प्रतिशत पुरुष र २९ प्रतिशत महिला छन् । पोर्नसाइट हेर्ने मामिलामा ब्राजिलियन पछि अर्जेन्टिनी महिलाहरु दोश्रो स्थानमा छ । तेश्रोमा पोल्याण्ड, चौथोमा फिलिपिन्स तथा पाँचौमा फिनिस महिलाहरु रहेका छन् । भारतीय महिलाहरु पोर्नसाइट हेर्ने मामिलामा विश्वमा छैटौँ स्थानमा रहेका छन् । गएको वर्ष पोर्नहब हेर्ने भारतीयहरुमध्ये २५ प्रतिशत महिला तथा ७५ प्रतिशत पुरुष रहेका छन् । अध्ययनले सन् २०१४ मा पोर्न साइट हेर्ने महिलाहरुको संख्या बढेको देखाएको छ ।
विश्वमा कुन महिना तथा दिनमा मानिसहरुले पोर्नसाइट बढि हेर्छन् त ? पोर्नहबको तथ्यांक अनुसार पोर्नसाइट हेर्नका लागि सबैभन्दा प्रिय दिन नोभेम्बरको सोमबार रहेको छ । जबकी फेबु्रअरी र मार्च महिनाको शुक्रबारमा भने मानिसहरुले सबैभन्दा कम मात्रामा पोर्न साइट हेर्ने गरेका छन् ।
विश्वभर यसरी मनाइयो पाइन्ट फुकाल्ने दिवस (फोटो कथा)
पाइन्ट नलगाइकन भूमिगत सडकमा यात्रा गर्ने दिवस यो पटक पनि जनवरी ११ मा विश्वका विभिन्न देशमा मनाइएको छ । १४ औँ नो प्यान्ट्स सबवे राइड डे को अवसरमा यो पाला समेत कैयन् युवा युवतीहरु लाज नमानीकनै पेन्टी तथा कट्टु मात्र लगाएर सब वेको यात्रामा निस्किए ।
सन् २००२ मा अमेरिकाबाट सुरु भएको यो अभियान एक कमेडियन समूह इम्प्रुभ एभ्रिह्वेयरले सुरु गरेको थियो । १४ औँ वर्षसम्म आइपुग्दा यो दिवस विश्वव्यापी बनिसकेको छ । गएको वर्ष २५ वटा देशमा मनाइएको यो दिवस यो वर्ष अझ धेरै देशमा मनाइएको छ ।
न्युयोर्कसँगै वासिंटन, मेक्सिको सिटी, इटालीको मिलान, बेलायतको लण्डन, जर्मनीको बर्लिन, चेक रिपब्लिकको प्राग्वे, स्पेनको बार्सिलोना, क्यानडाको टोरन्टो, पोल्याण्डको वार्सामात्र होइन भारतको बैंगलोर सहरका भूमिगत मार्गहरुमा समेत युवा युवतीहरु पेन्टी तथा कट्टु मात्र लगाएर यात्रा गरिरहे ।

Post a Comment

0 Comments