नेपालका १७७ वर्ष अगाडिका नियम कानून


प्रकाशमान सक्व
झण्डै चारवटा विषयका बन्देज बाँधिएको यौटा दस्ताबेजबाट प्राप्त तलका तात्कालिन नेपाल सरकारको कानूनको बुँदागत कुराहरुले जातियता पारिवारिक भेदभावलाई छर्लङ्ग पारी आफ्ना आफन्त गाउँ ठाउँ देखि टाढाकालाई अलग अलग नियम कानून लाग्ने गरि बनाईएका केहि बुँदाहरुमध्ये यस अंकमा अदालतको मात्र प्रथम बन्देज देखि नवौँ बन्देजसम्मका कुराहरु मात्र जानकारीको लागि प्रस्तुत गरिएको
. अदालत प्रथम बन्देज
ऋण लिँदा दिँदा दश वर्षमा दामको दुनु अन्नको तिर्नु लिनु ब्याज जति दैर्याको भयापनि साउँ मात्र लिनु
दोस्रो बन्देज
पँध्यारा कोल्हामा तेल पेलन्या पानी भन्र्याहरुको पालामा अलि अलि झगडा भयाको नसुन्नु जो अघि आयो उसैले तेल पेल्नु, पानी भर्नु
तेस्रो बन्देज
स्त्री जातिलाई कसैले बोक्सीको बात लाग्यो भन्या, तेसलाई ल्याएर खारखेर गरि मोषै मोषमा छिन्नु पाखामा छिनेन भन्या न्याय दिनु हारी भन्या बोक्सीलाई गाउँ निकाला गरिदिनु जिति भन्या न्याय गरी दिनु, बोक्स्यारी लाउन्यालाई पाँच रुपैयाँ दण्ड लिनु भन्या थियो ....... तापनि कलिकालको समय रिसले धेरैलाई भन्लान भन्या पाठले सरकारबाट एक सय बीस रुपैयाँ दण्ड गर्नु भन्या बन्देज गरि बक्सनु भयाको रहेछ अब उप्रान्तलाई सोही बन्देज थामी बक्स्यौँ
चौँथो बन्देज
गौचर निकासा पैसा राख्नु उसमा कसैले चलन नगर्नु, गौचर निकास पैसा चलन ¥यालाई पँध्याराबाटका रुख काटन्यालाई पाँच रुपैयाँ दण्ड गर्नु
पाँचौँ बन्देज
गोटिया भाईले जिउ सम्बन्धीको विराउ ¥यो भने देश निकाला गरिदिनु ब्राम्हणले जिउ सम्बन्धी विराउ ¥यो भन्या मुडी देश निकाला गरिदिनु सन्यासी, वैरागी, योगी, भाटले पनि जिउ सम्बन्धी विराउ ¥या भन्या मुडी देश निकाला गरिदिनु
छैठौँ बन्देज
खस, मगर, नेवार, प्रभृत्ति अछुत जातसम्म मुसलमानले जिउ सम्बन्धी विराउ ¥यो भन्या उसको जिउ मारी दिनु
सातौँ बन्देज
कसैले विरायामा ढुंगा छुवाउनु पानफूल ढुंगामा राख्नु, ढुंगा भन्याको श्री लक्ष्मी नारायणको पाउ हो
आठौँ बन्देज
गोर्खा सहरबासीलाई सात हराम, सात विराम माफ रगतको पानी भयो भनि बक्स्याको रहेछ सोही बमोजिम थामी बक्स्यौँ
नवौँ बन्देज
चौविस कोठी झीकाई सात खत माफ गरि बक्स्यौँ भनि थिति बाँधि बक्सनु भयाको रहेछ सोही बमोजिम थामी बक्स्यौँ
यसरी अदालतको नौ वटा बन्देजको नीति नियम कानून बनाइएको निर्माण कागजको सिरानीमा निम्न कुराहरु लेखिएका छन्
श्री देवता
श्री लक्ष्मी नारायण
श्री जिज्यू बाज्याज्यू महाराज रामशाह
श्री बाज्याज्यू रणबहादुर शाह
प्रसस्तिसौ
आगे ........ बाट तपसील बमोजिमका कामकाजको थिति बन्देज बाँधि बक्सनु भयाको रहेछ पछि बीचमा केही षडबड पनै गयाको सच्याई सोही थिति थामी ¥याको थिति बन्देज बाँधि बक्स्यौँ
अन्तमा ईति सम्बत् १८९६ साल मिति आषाढ सुदिं रोज शूभम् ।।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments