लावण्य÷साँखु । यही भाद्र २७ गते शंखरापुर नगरपालिका ६ साँखु स्थित लाईफ केयर हस्पिटलमा डेंगुका विरामी भेटीएको छ ।
अत्यधिक ज्वरो आएपछि भर्ना भएका शंखरापुर ७ का ३९ वर्षिया इन्द्रलक्ष्मी रञ्जितमा डेंगुको लक्षण भेटिएपछि अस्पतालले सोही अनुसार उपचार गरेकोछ ।
लाईफ केयर अस्पतालका डा. राजन लुईटेलले डेंगु प्रभावित विरामी आफ्नो अस्पतालमा भेटिनासाथ सम्बन्धित वडाका वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठलाई जानकारी गराउनुका साथै आफ्नो फेसबुक पेजमार्फत् शंखरापुरबासीहरुमा डेंगुबाट सावधान रहन अपिल गरेका छन् ।
डेंगु विरुद्ध शंखरापुर नगरपालिकाले सचेतना कार्यक्रम गर्ने
यसैबीच यही भाद्र २६ मा बसेको शंखरापुर नगरपालिकाभित्रका विभिन्न संघ संस्थाहरुको बैठकले शंखरापुर नगरपालिका भित्र डेंगु विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
तर सो समाचार थाहापाउनासाथ नगरवासीले भने डेंगु विरुद्धको विषार्दी छर्कनुपर्ने आवाज उठाउन थालेका छन् ।
0 Comments
Thanks for your concerns