हाम्रो स्वास्थ्य ....



जंकफुडले डण्डिफोरप्रस्तुति ः प्रविण कुइँकेल
छालामा पोषण तत्व कमि भए डण्डिफोर र खटिरा देखा पर्छन् । बिषजन्य प्रोटिनको मात्रा रगतमा बढी भए समस्या हुन्छ । यस्तो बिषय जन्य प्रोटिन समुद्री माछा, मासु, अण्डा र स्टोबेरीमा हुन्छ । छालामा पोषणतत्व कम अथवा बढीको पहिलो सूचक पनि डन्डिफोर हो जस्तै भिटामीन ‘ए को कमीले गर्दा कपाल र छालामा समस्या देखा पर्न सक्छ । भिटामिन ‘बि को कमीले मुखमा खटिरा र घाउ आउन सक्छ ।
भिटामिन ‘सी को कमीले गर्दा स्करभी र घाउ निको नहुन सक्छ भने भिटामिन ‘डी को कमीले छालाको टिबीलाई सहयोग पु¥याउँछ । क्याल्सीयमको मात्रा धेरै भए पिम्पल र खटिरासँग हुन्छ भने म्याग्निसियमको मात्रा थोरै भए मुसा र अन्य खटिरा देखा पर्छन् ।
यस्ता समस्या भएमा धेरै तरकारीजन्य वस्तुको सेवन गर्नु पर्छ । डण्डीफोरबाट विशेष गरी (१४२१) वर्ष सम्मका युवा तथा युवती पीडित हुन्छन् । धेरै तेलजन्य वस्तु, पिरोजन्य खाना, जंक खाना चाउचाउ, कोला, बर्गर आदिले अनुहार बिगारिदिन्छ । त्यसैले युवाले आफ्नो अनुहार डण्डीफोरबाट बचाउन मिलाएर धेरै सागसब्जी, फलफूल, दालजन्य अन्न र थोरै चिल्लो वस्तु सेवन गर्नु पर्छ । भिटामिनको मात्रा बढाउन लौका, हरियो सागपात, फर्सी, स्याउ, अम्बा, सुन्तला, अनार सेवन गर्नु पर्छ । यस्ता खानेकुरा खाएमा विभिन्न रोगबाट पनि बच्न सकिन्छ । क्यान्सर भनेको बढी कोष उत्पादन अथवा शरिरमा नचाहिएको कोष बन्नु हो । क्यान्सर चिकित्साशास्त्रका लागि सधै प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ । क्यान्सरका कारण विभिन्न छन् र अनुसन्धानबाट पत्ता लागे अनुसार खानाबाट क्यान्सरलाई रोकथाम अथवा न्यूनिकरण गर्न सकिन्छ । रक्सी, चुरोट तथा सुर्तीजन्य वस्तु सेवनबाट मुख, फोक्सो, घाँटीमा क्यान्सर लाग्छ । धेरै मात्रामा चिल्लो पदार्थ सेवनबाट स्तन र पेटको क्यान्सर हुन सक्छ । धेरै मासु खानाले पनि आन्द्राको क्यान्सर हुन सक्छ ।
यस्तै क्यान्सर दीर्घ रोग भएकाले विभिन्न उपचार पद्धती जस्तै केमोथेरापी, रेडियोथेरापी र सर्जरी लागू गरिन्छ । यस्तो उपचारबाट रोगीहरूमा शारीरिक पोषण तत्व कमी हुन जान्छ । खाना मिलाएर खानसके, पोषण तत्वको समन्वय गर्न सकिन्छ र रोगबाट लड्ने शक्ति निर्माण गर्न सकिन्छ । क्यान्सर रोगीलाई सचेतपूर्वक पोषणको सल्लाह खाँचो हुन्छ । क्यान्सरले शारीरिक कोषबाट निकै पोषण तत्व घटाउने भएकाले रोगीमा मानसिक समस्या, पाचन क्रियामा समस्या र अन्य शारीरिक समस्या देखा पर्न सक्छन् । खानेकुराको सन्तुलन मिलाउन सके बिरामीलाई विभिन्न क्यान्सर हुने हानीबाट बच्न सकिन्छ । क्यान्सर पीडितले दिनमा ३५४० किलो क्यालोरी खानु उचित हुन्छ । प्रोटिनजन्य वस्तु जस्तै मासु, माछा अण्डा, दुध र दालको सेवन ५० ग्राम भन्दा माथि खानु पर्छ । फलफूल र तरकारी उचित मात्रा सेवन गर्नु पर्छ । खानाले गर्दा संक्रमणको समस्या आउने भएकाले धेरै दुध, दहि हुने बस्तु सेवन नगर्दा उचित हुन्छ ।
क्यान्सर पीडितले उपचार पद्धतीबाट विभिन्न समस्या झेल्न सक्छन् । खानामा ध्यान दिन सके राम्रो हुन्छ । रिंगटा र वान्ता आए थोरै खाना धेरै पटक सेवन गर्ने र विशेष खानामा फलफूलको सलाद, अरारोट विस्कुट, जुस र अन्य जुसजन्य वस्तु खाना खानुभन्दा १ घण्टा पहिले खानु बेस हुन्छ । क्यान्सर रोगीलाई भोक नलागेको वा नरुचेको अवस्थामा धेरै पोषण तत्व मिलाएर खानु पर्छ । यस्तो बेला धेरै प्रोटिनको मात्रा र धेरै क्यालरी प्राप्त हुने वस्तु सेवन गर्नु पर्छ ।
मुख र घाँटी दुखेमा हलुका र सादा खानु पर्छ र मसलादार खाना बार्नु पर्छ । निल्न समस्या भए झोलजन्य वस्तु साथै तेल र घ्यूको मिश्रण भएको र सानो टुक्रामा भएको खाना सेवन गर्नु पर्छ ।  भोक नलागेको अवस्थामा विस्तारै खाना खाने, पानीको मात्रा खाना खानु भन्दा आधा घण्टा अघि नखाने र मुख सुख्खा भएमा झोलजन्य वस्तुको मात्रा बढाउने र तरकारी गेभ्री बनाएर सेवन गर्न जरुरी छ ।
आँपले मोटोपना बढाउने
स्वास्थ्यमा आँपले सकारात्मक प्रभाव पार्ने बारे जानकारी फेडरेसन अफ अमेरिकन सोसाइटी फर एक्सपेरिमेन्टल बायलोजीमा दिइएको छ । वैज्ञानिकहरूका अनुसार मोटोपना भएका मानिसको रगतमा ग्लुकोजको मात्रा व्यवस्थापन गर्ने गुण आँपमा हुन्छ । डा. एड्रालिन लुकासको नेतृत्वमा भएको अनुसन्धानमा २० जना मोटोपना भएका मानिसलाई १२ हप्तासम्म दैनिक आँप खुवाएर त्यसको प्रभाव जाँच गरिएको थियो । सहभागीहरूले सुकाएर फ्रिजमा राखिएको १० ग्राम आँप खाएका थिए ।
यसरी आँप खानेहरूको रगतमा ग्लुकोजको मात्रा सुरुकोभन्दा धेरै कम पाइएको अनुसन्धान टोलीको भनाइ छ । आँप खाँदा महिलाको तौल भने केही बढेको थियो । अमेरिकामा अहिले मोटोपनालाई एक गम्भीर स्वास्थ्य समस्याका रूपमा लिइएको छ ।
मोटापनालाई दोस्रो प्रकारको मधुमेहको प्रमुख कारण मानिएको छ । यसले स्तन क्यान्सर र कोलोन क्यान्सर तथा मस्तिष्कघात, कोरोनरी हर्ट डिजिज, उच्च रक्तचाप आदिमा पनि भूमिका खेल्ने चिकित्सहरूको दावी छ ।

Post a Comment

0 Comments