गजल – रमा कुँवर, जीवनपुर, धादिङ्ग हाल थली



गरिबीको रागभित्र ईश्वर मैले पाएको छु
परिस्थिती सुल्झाउन प्रित मैले लाएको छु
            माफ गर माया गर्ने हजार हजार मनहरु
            आज आफू भित्र भित्रै आत्मा छुन चाहेकी छु
समर्पण गरेँ जीवन एक्लै जिउँछु मर्छु भनि
यसकै शितल छहारीको अमृत मैले खाएकी छु
            जति बाँड्यो बाँड्नै पर्ने मौसमका व्यथाहरु
            यथार्थको धुन भित्र एउटा गीत गाएकी छु
मञ्जुर आफैलाई रित्याएर सिध्याउन
सबको भलो होस है भनि कयौँ मन्दिर धाएकी छु ।।

Post a Comment

0 Comments