काठमाडौं । सरकारले ज्यालादारी र करारमा कर्मचारी भर्ना गर्न रोक लगाउने गरी कानुनी प्रस्ताव तयार पारेको छ । संघीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा ज्यालादारी वा करार कर्मचारी भर्ना गर्न नपाइने व्यवस्था छ ।प्रस्तावित मस्यौदाको दफा १३ मा लेखिएको छ, ‘यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न पाइने छैन ।’तर, नेपाल स्वास्थ्य सेवाको कुनै चिकित्सक, स्वास्थ्यकर्मी अध्य यन वा असाधारण विदामा रहेका कारण स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाई परेमा नेपाल सरकारले करारमा कर्मचारी नियुक्त गर्न सक्ने छ ।
यस्तो नियुक्ति अध्ययन वा असाधारण विदामा बसेको समय अवधिसम्मका लागि मात्र हुने मस्यौदामा उल्लेख छ ।साथै कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, चालक, इलेक्ट्रिसियन, प्लम्बर, माली, सरसफाइ गर्ने कर्मचारी लगायतले गर्ने कामका लागि सं स्थासँग करार सम्झौता गराउनुपर्ने मस्यौदामा उल्ले ख छ ।हाल विविध सेवाअन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छन् । ती पदहरुमा सरकारले लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ ।
तर, संघीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा कम्प्युटर अपरेटर वा सहायक कम्प्युटर अपरेटरमा भने स्थायी नियुक्त नगर्ने उल्लेख छ । परिच्छेद ३ को संघीय निजामती सेवाको दरबन्दी तथा पदपूर्ति सम्बन्धी महलमा सो व्यवस्था छ ।प्रस्तावित मस्यौदामा सवारी चालक, इलेक्ट्रिसियन, प्लम्बर, माली, सरसफाइ गर्ने कर्मचारी र त्यस्तै काम गर्ने तोकि बमोजिमका पदमा पनि स्थायी पदपूर्ति नगर्ने उल्लेख छ । ती कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछन् खासगरी सुब्बासरहको कम्प्यु टर अपरेटर र खरदार सरहको सहायक कम्प्युटर अपरेटरमा धेरै कर्मचारीहरु नियुक्त हुने गर्दछन् ।
।सरकारी कार्यालयहरुले जनशक्ति अपुग भएको भन्दै सुब्बाभन्दा तल्ला तहसम्म करारमा कर्मचारी नियुक्त गर्दछन् र यसरी करारमा कर्मचारी नियुक्त गर्दा मन्त्री, नेता वा प्रभावशाली कर्मचारी निकटका व्यक्तिहरु पर्दछन् । मस्यौदामा लेखिएको छ- यो ऐन प्रारम्भ भएपछि साविकको नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणीको कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद रिक्त भएमा स्थायी पदपूर्ति गरिने छैन ।तर, सहायक कम्प्युटर अपरेटर पदमा दश वर्ष सेवा अवधि पूरा गरेका र नकारात्मक सूचीमा नपरेका कर्मचारीलाई कम्प्युटर अपरेटर पदमा स्वतः बढुवा गरिने छ ।
0 Comments
Thanks for your concerns