चीनको वुहानबाट सुरु भएको
कोरोना भाइरसले अहिले पूरै
विश्वलाई त्राहीमाम बनाइरहेको छ
। महामारीका कारण
लकडाउन हुँदा विश्वका अर्बौँ
मानिस घरभित्रै बस्न
बाध्य छन् ।
सधैं कामकाजको माथापच्चीका कारणसँगै
बस्न नपाउने परिवारका
सदस्यसमेत अहिले सँगै बस्न
पाएका छन् ।
तर घरमा आवश्यकता
भन्दा धेरै समय
सबैजना एकसाथ रहँदा त्यसले
पारिवारिक कलहसमेत निम्त्याउन थालेको
छ ।
उसो त कोरोना
भाइरस महामारीको लकडाउन
सकिएसँगै विश्वमा पति पत्नीबीच
सम्बन्ध विच्छेदका घटनामा तीव्र
वृद्धि हुने प्रक्षेपण
विज्ञहरुले गरिनै सकेका छन्
। तर दम्पतीहरुमा
लकडाउन सकिने अवधिसम्म समेत
पर्खिने धैर्यता गुम्न थालेको
छ ।
अहिले सोसल मिडियामा
एउटा तस्वीर निकै
भाइरल बनिरहेको छ
। जहाँ एकजना
महिलाले आफ्नो लोग्ने बिक्रीमा
रहेको व्यवहोराको विज्ञापनको
बोर्ड आफ्नो घर
बाहिर राखेकी छिन्
।
उक्त बोर्डमा लेखिएको छ,
‘…My
Husband on Sale अर्थात्
मेरो लोग्ने बिक्रीमा
छ । यद्यपि
सोसल मिडियामा भाइरल
बनेको उक्त तस्वीर
कुन देशको हो
भन्नेचाहिँ खुलाइएको छैन ।
तथापि यसले कोरोना
भाइरस महामारीले पति
पत्नीबीचको खटपटमा वृद्धि हुनुका
साथै पारिवारिक कलह
तथा विखण्डनको समेत
सिर्जना गरेको चाहिँ अनुमान
गर्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
0 Comments
Thanks for your concerns