बिगे्रकाले बिगार्न खोज्ने

सहदेव केसी

नेपालका अत्यधिक मानिसले अत्यधिक कुरो गर्ने एउटै शिर्षक भनेको राजनीति नै हो । जो राजनीति गर्दैन तिनले पनि घर, चिया पसल, जुवा खाल, भट्टी समेतमा बिग्रेका नेता र बिगे्रको राजनीतिको मात्र हैन ती त साथिको कुरामा राजनीति देख्छन् । श्रीमतीकै बोली व्यवहारमा राजनीति देख्छन् । चिया पसलेको चिया र श्रीमतीकै भात भान्छा र स्वदमा राजनीति देख्छन्, किन उनीहरु सबै कुरामा राजनीति देख्छन् ?
किनकी उनीहरुमा ज्ञान, गुण, अध्ययन, विवेक, नैतिकता, स्वाभिमान, इमान्दारिता, कर्तव्यपरायणता, सत्यवादिता, विश्लेषणात्मक क्षमता, दूरदर्शिता, आत्मियता, स्पष्टता, सहजता जस्ता मानिसमा हुनुपर्ने अपरिहार्य गुणको खडेरी छ । यही खडेरीले संविधानसभाको भोजन भएको छ र भान्छे पीएचडीका सर्टिफिकेट भएका छन् ।
नेपालका कस्ता मानिस राजनीतिमा लागेका छन् भनि आफ्नै छिमेकमा दृष्टि कुदाउने हो भने अत्यधिक मात्रामा घरमा बिगे्रका, समाजमा बिगे्रका, गुण्डागर्दी गर्दै हिँड्ने, कसैको बिश्वासमा पर्न नसकेका, दलाली गर्दै धनी भएका, सामन्ती विवेकहीन धूर्त केही गर्न नसकेपछि सित्तैमा चिया खाजा खान पाइने लोभमा नेताका पछि लाग्दा लाग्दै स्वयं नेता भएका जसलाई नेता र नेतृत्व भन्ने गरिमामय शव्द पहिचान विनै नेता बनाइएका नै यो देशमा नेता भएका छन् । असली गुरु(शिक्षक) नेताका झोला बोकेर पार्टीका झोले भएपछि गुरु (ड्राइभर) शव्दको गरिमा पतन भए जस्तै हो ।
हाम्रा देशमा कस्ता राजनीति गर्छन् बाबु आमाको किरिया गर्न झन्झट मान्छन् या मृत बाबुलाई जीउँदो मृत शीरमा लटरम्म लुगा जुत्ता लाएर श्मशानघाट लान्छन् । अनि जिउँदै भए पनि बाँचुञ्जेल धन, ज्यान, बुद्धि लगाएर हुर्काएको छोरोले नेता साम्ने सानो झुत्रे देख्ने, भाइ त झन् जाने दुश्मन नै हुन्छ । अनि दाइलाई एउटा पार्टीले तान्छ भाइलाई अर्कोले अनि घरमा विखण्डन, समाजको विखण्डन (यसलाई राजनीतिमा डिभाईड एण्ड रुल अर्थात् आपसमा विभक्त गर र शासन गर) अनि दाजुभाई छिमेककमा झगडा मिलाउने नामा दुई पक्षको सक्दो झगडा गराएर कहिल्यै मिल्न नसक्ने परिस्थितिमा पु¥याईदिन्छन् ।
यही प्रक्रिया हुँदै देशको संयन्त्रमा पुग्छ । यो देश त्यसैको नियती आज भोग्दैछ । स्वय घोषित ठूलो नेता ठानेपछि कसको के लाग्छ । त्यत्रो भीमकाय हात्ती ठूलो भएर पनि मानिसलाई ठूलो देख्दछ हाम्रा नेताले जस्तै आफूलाई ठूलो ठानेको भए मानिसको के हाल गथ्र्यो ‘एउटा हात्ती गाउँ छिर्दा गाउँ सखाप हुन्छ’ हैसियत नभएका हाम्रा नेता कुर्सीमा पुगेर स्वयं घोषित ठूलो भैदिनाले आज यो देशले यस्तो भोग्नु परेको छ । कमसेकम पशुलाई देखेर पाठ सिके पनि हुन्थ्यो नि । समाज सुधार्न न मानिसमा अरुलाई ठूलो देख्ने गुण अपरिहार्य छ ।
बिगे्रका मानिस राजनीतिमा लागेकै कारण कसैलाई छोड्दैनन् । घरका दाजुभाई बाबु आमा सत्रु, सच्चा इमान्दार कर्मचारी कार्यालयको सत्रु, डाँडो कटाएर सरुवा गर्छन्, स्वतन्त्र व्यक्ति सत्रु त्यसलाई अराष्ट्रिय तत्व, देशद्रोही, विद्रोही, भिजिलान्ते, पञ्चायतमा भएर इतर, अहिले राजावादी भन्छन् । पार्टी भित्र स्पष्ट विचार राख्ने विद्रोही नेता राष्ट्रिय अडान राख्ने विदेशीका एजेन्ट उपमान उपमेय पाउँछ । राजनीतिमा आफू माथि जान साम, दाम दण्ड भेद लगाउनुपर्छ भने चाणक्यको सूत्रै छ । तर विद्वान चाणक्यले लगाएका सूत्र हाम्रा मूर्खहरुले के जान्दछन् गुरु शव्दको दूरुपयोग भए जस्तै त हो नि ! हुँदा हुँदा पढेलेखेका वकील, पत्रकार, मानव अधिकारवादी, बुद्धिजीवी र डाक्टर समेत फलानो ढिस्कानो पार्टीको भनि ट्याग झुण्ड्याइएको छ । धिक्कार छ तिनलाई आफ्नो विद्वताको कदर आफैँले गर्न नसकेर बिगे्रको राजनीतिमा ट्याग झुण्ड्याउन पुगेछन् । राजनीति त सिङ्गो कुकुरले आफ्नो लाज आफ्नै पुच्छरले छेक्न नसके जस्तै हो । यहाँ जे पनि बोलिन्छ, जे पनि गरिन्छ लाज पनि हुँदैन त्यसैले यसको उपमा यो भन्दा सुहाउँदो अरु के देखिन्छ ।
साम्प्रदायिक बिखण्डन ल्याउने जातको खोल ओढेर राजनीति गर्नुभन्दा यो देशको अस्तित्व राख्ने भए डिग्री र डक्टरेटहरु मिली कम्युनिष्ट र प्रजातन्त्रवादी दुवै अट्न सक्ने नयाँ पार्टी खोले के हुन्छ ? समावेशीका नाममा ज्ञानको “ज्ञ” र मान मर्यादाको “म” नजान्नेहरु भएर भोजन गरेको हैन ?
अब हुँदा हुँदा सर्वोच्चका प्रधान न्यायाधिशलाई प्रधानमन्त्री बनाउने राजनैतिक सहमति भएको छ । कानुनीरुपमा जे होस् राज्यको निकासको लागि स्वतन्त्र व्यक्ति प्रधानमन्त्री चाहियो भनि ढिँडे ढिपी गरेर न्यायाधिशलाई प्रधानमन्त्री बन्ने उद्घोष गराइएको छ । दलकै आग्रहमा न्यायाधिश स्वेच्छाले प्रधानमन्त्री बन्न चाहेको कुरा कोही स्वीकार्न तयार छैन । जनता भन्छन्– यो न्यायपालिका तुहाउने षडयन्त्र हो नभए पनि लोभ देखाइयो होला, त्रास देखाइयो होला, घर देखाइयो होला, वन देखाइयो होला, खाल्डो देखाइयो होला, भीर देखाइयो होला, देशभरि संयन्त्र भएको राजनीतिक कुर्सीमा कर्मचारीलाई कसरी बसाईयो होला ?
न्यायाधिशले न्याय कानूनको बाटो छोड्नु जीवले ज्यान छोडेजस्तै हो सर्वोच्च खाली र पङ्गु गराई देश विफल बनाएर सिक्किम जस्तै शासन र प्रशासन सुम्पन्न खोजेको त हैन ? प्रधान न्यायाधिशले प्रधानमन्त्री चलाउन सक्ने ग्यारेन्टी के ? उनको संयन्त्र के हो ? जीवनर पवित्र र स्वच्छ छवीको जीवन जिउन छोडेर घुटघुटके जिओ भनेजस्तै राजनैतिक फोहोरी खेलमा किन होमिए ? के देशले उनैलाई खोजेको हो त ? “देशले रगत मागे मलाई बलि चढाउनु” भन्ने उद्गार चरितार्थ गर्न लागेको हो त ? यसको खुलाशा चित्त बुझ्दो किसिमले प्रधान न्यायाधिशले जनतासामू गर्नुपर्छ । नत्र ज्ञानेन्द्रको समयमा अडिग भएको सर्वोच्चको शीर सदाका लागि झुक्नेछ । जनताले बिश्वास गरेको एकमात्र संस्थाको गरिमा टुट्नेछ । बाँकी दलले बन्द, हडताल, तोडफोड गरे यसको विकल्प के हो ? महान न्यायाअधिवक्ता सरकार शव्दको गरिमामय पदको उपहास गरेर दैलेख प्रहरीलाई आदेश दिए जस्तो त हुने हैन ? देशको हरेक समस्याको निकास राजनैतिक रुपमै हुनुपर्छ भन्ने जनताको चाहना छ । यदि प्रधान न्यायाधिशबाट देशको निकास निस्कन्छ भने थाकेका मस्तिष्क बोकका ६० वर्ष नाघेका नेतालाई अब पशुपतिको वृद्धाश्रममा आशन ग्रहण गराउनुपर्छ ।
नयाँ निर्वाचन हुने भए पुराना थाकेका, चुकेका, विदेशीका इशारामा नाच्ने बुद्धि विवेकहीन भएका चतुर अनुहारलाई छानी छानी पाखा लगाई दू्रतरुपमा विकसित संसारको सामिप्यता राख्न सक्ने नेताको छनोट गर्नुपर्छ । पार्टी र सिद्धान्तका नाममा झुत्रे चतुरमानहरुलाई भोट दिए तपाइँकै सन्तान आफ्नै देशमा भए पनि निरिह हुनेछन् । देशको बागडोर पुनः पुरानैका हातमा गई शिक्षा, स्वास्थ्य, रोजगार, न्याय, निसाफ फरियावादसँग पुग्नेछ । तपाइँसँग अशिक्षा, रोग, भोक, बेरोजगारी, कलह, वैमनस्यता, थिचोमिचो, अन्याय, अत्याचार, भ्रष्टाचाररुपी जडमात्र बाँकी रहनेछ । कु मानवलाई भोट दिए अन्तर आत्मामा रोइ रोई आँशु पिएर जीउनुपर्छ । देश र भावी पीँढिको लागि अहिले राम्रो सोच्नु हरेक सच्चा नागरिकको कर्तव्य हो । बिगे्रकाले पनि बिगार्न खोज्ने हैन आफू बिगे्रपनि अरु नबिग्रीउन् भन्ने विचारलाई लिनुपर्छ तब सन्तान पनि सप्रन्छन् ।
“असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतंगमय” अर्थात् असत्यबाट सत्यतिर लैजाऊ, अन्धकारबाट उज्यालोतिर लैजाऊ, मृत्युबाट अमरतातिर लैजाऊ भनिएको छ ।
(प्रतिक्रियाको लागि : lwsandesh@gmail.com)

Post a Comment

0 Comments