साँखु÷साँखुको साल्खाटोलमा गत बैशाख १९ गतेदेखि नेपाल प्रहरीले भूकम्प पीडितहरुका लागि सोलारबाट मोवाईल चार्ज हुने गरि क्याम्प सञ्चालनमा ल्याएको छ । सो क्याम्प साल्खामा राख्दा खेरि सो ठाउँमा तक्काल विजुली वत्तिको लाईन नजाँदा पनि भूकम्प पीडितहरुले राहत पाएका छन् । उक्त सोलार मोवाईल चार्जर क्याम्पमा मोवाईल उपभोक्ताहरुको भीडभाड नै लागेको थियो ।
एक्कै पटक सो ठाउँमा १० वटा सम्म मोवाईल चार्ज गराईरहेको भेटिएको थियो । सो क्याम्पमा विना झन्झट आफ्नो मोवाईल चार्ज गर्न पाइएतापनि चार्जर भने आफैले लिएर आउन समेत जानकारी गराईएको थियो किनकी त्यहाँ राखिएको मल्टी चार्जरले सबै मोवाईलहरुमा काम गर्न सकिरहेको थिएन, सोही कारण मल्टी प्लग राखेर धेरै वटा मोवाईल चार्ज गर्न हुने बनाइएको थियो ।
0 Comments
Thanks for your concerns