साँखु÷नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल प्रहरीका पूर्व अध्यक्ष धु्रवबहादुर प्रधानले साँखु बजारभित्रका घरहरु न्यूरोड र पुतलीसडकमा जस्तै एक्कै साइजको एक्कै डिजाईनबाट बनाउन सकेमा साँखुको ऐतिहासिक महत्व अझै जीवित रहने बताउनुभएको छ ।
उहाँले सो कुरा शंखरापुर एकता समाजको आयोजनामा भएको नेपाल सम्वत् ११३६ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम तथा भूकम्पमा सहयोग गरेका संघ संस्थाहरुलाई गरिएको सम्मान कार्यक्रममा बताउनुभएको हो ।
भूकम्पमा सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरेको उक्त संस्थाले कार्यक्रममा भूकम्पबाट मृत्यु भएका मृतकहरुको सम्झनामा मौनधारण भने गर्न बिर्सेका छन् ।
उक्त सम्मान कार्यक्रममा साँखु जेसीज, लायन्स क्लब अफ साँखु, जय नेपाल समूह, नेपाल रेडक्रस सोसाईटी साँखु उपशाखा, पिपुल्स लाईफ केयर हस्पिटल, नेपाल स्काउट सक्व क्र्यु, सपोर्ट नेपाल, बज्रयोगिनी प्लाई उद्योग, ब्लु डायमण्ड होटल, सृजनशील महिला समूह, महानगरिय प्रहरी प्रभाग साँखु, सक्व भिन्तुना पुचः, श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति, अमिता श्रेष्ठ सैँजुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष जयराम श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन रामकृष्ण मालीले गरेका थिए ।
0 Comments
Thanks for your concerns