स्वन्ति चाड (तिहार)को म्हःपूजा पे्रमनाथ जोशी

हिमश्रृंखला पर्वतमालाले विश्वको आधी भन्दा बढी भाग ओगटेको छ । त्यसमध्ये हिमपर्वतको शिखरमा रहेको देश नेपाल आध्यात्मिक दर्शनको विकासको दर्शनको आधारमा आत्मा पूजा गर्ने चलन पनि यसै स्थानबाट सुरुवात भएको अनुमान गरिन्छ । यो विषय कुनै वादविवाद धर्मसँग सम्बन्धित रहेको छैन । आत्माका गौरवगाथा र यथार्थताको विषयमा सतहसम्म जाने प्रयास गरेतापनि वर्तमान अवस्थासम्म यस्को सत्यतथ्यको उजागर गर्न सकेको छैन । वैज्ञानिकहरुले मृत्युमा निस्कने प्राणावायुको मापन गर्न खोजियो तर पनि सत्यतथ्य के हो भन्ने बुझ्न सकेको छैन । आत्मा के हो भन्ने विषय अन्धोहरुले हात्तिलाई छोएर आफ्नो आफ्नो विचार प्रकट गरेसरह भएको छ । शरिर र आत्मा अलग भन्ने विषयमा सहमत भएका छन् तर आत्मा के हो कहाँबाट आयो कहाँ जान्छ आदि अहिलेसम्म यथार्थता पत्ता लगाउन सकेको छैन । प्रबुद्ध महान व्यक्तित्वहरुले अनेक दर्शनहरु प्रतिपादन गरेर मानव कल्याणका गुढतत्व शरिर र आत्माको विवेचना अध्ययन अनुसन्धान विचारहरु विश्व मानव जगतलाई अध्ययन अनुसन्धान विचारहरु विश्वमानव जगतलाई उपहारस्वरुप अनुमानको आधारमा प्रदान गरेर गए । महात्मा गौतम बुद्धले आफ्नो नाथ मालिक आफै हो साधारण मानिसले मान्छे कहाँबाट आयो कहाँ जान्छ जन्मनुभन्दा पहिले के थियो, मृत्युपछि के हुन्छ भन्ने जस्तो विषयमा सोच्नु अथवा तर्क नगर्नु नै राम्रो हुन्छ भनिगए । त्यस्तै गिता अध्ययन गरि आत्माको बारेमा जानेपछि या ज्ञानप्राप्त गरेपछि मलाई पूजा गर्नु जरुरत रहने छैन भनि श्रीकृष्णले भनिगए । महान व्यक्ति जोरासरले आत्माको बलिरहेको दियोमा तेल होउञ्जेल जीवन रहन्छ भने । त्यस्तै महान दार्शनिक सुकरातले आत्मा र व्यक्ति बारेको भिन्नता बारे बोल्दा मलाई थाहा छ, मलाई केही थाहा छैन भनि थाहा छ तर अरुलाई केही थाहा छैन भनि थाहा नै छैन भनिगए । आत्माको अस्तित्वलाई स्विकार गर्दै क्रिश्चियन धर्मावलम्वीहरु बराबर आत्मालाई ढोग नमस्कार गरिरहन्छन् । तर दार्शनिक विद्वान नित्सेले यो बकवास विषय हो यस्तो अनावश्यक विषयमा छलफल गर्नु बेकार र निरर्थक छ । वहाँले भगवानको अस्तित्व र उपस्थिति आत्मियता र सम्भावनालाई नै नकारेर गए । स्वन्तिको म्हःपूजा नेवारहरुको “म्हःपूजा” आत्माको अलौकिक पारलौकिक सम्बन्ध जोड्ने वर्षभरिमा सबैभन्दा बढी महत्व दिई उत्साह उमंगले मनाउने मानिने मूल पूजा म्हपूजाको पर्यायवाची शव्द आत्मापूजा हो । नयाँ जीवन पाएको शुभ–अवसरमा विजय उत्सवसरह उल्लासमय खुशियाली वातावरणमा मनाउने दिन हो । तिहार यम पञ्चकलाई यमराज आफ्नो बहिनी यमुनाकहाँ आई भलाकुसारी गर्न आएको रुपमा मानिन्छ । यस चाडमा काग, कुकुर, गाई, गोरु र भाइपूजालाई लिने गरिन्छ तर नेवार समुदायमा स्वन्ति नखः चाड “तिन दिन” मान्दछ । पहिलो दिन देवी लक्ष्मी पूजा सम्पन्नता धनधान्य दौलतसँग सम्बन्धी दोस्रो दिन म्हपूजा र अन्तिम तेस्रो दिनमा भाईटिका पूजा मानिन्छ । मानौँ व्यवहारिक जीवनमा गाँठोगुइठोपार्नु आफन्त नचिढाउनु भन्ने कुरा चरितार्थ गरिन्छ । आजकाल आफ्नो आफ्नो सँस्कार अनुसार काग र कुकुरलाई पनि पूजा गरिन्छ । मन बुद्धी चित्त आत्मा शारीरिक रुप र नामको व्याख्या सहितको पूजा स्वन्तिको दोस्रो दिन म्हःपूजा हो । आत्मापूजा जीवनमरण र शारीरिक मानसिक आध्यात्मिक महत्वले भरिपूर्ण सर्वसाधारणलाई ज्ञान दिलाई चेतना जागरण गराउन अथवा यथार्थबोध गराउनका लागि चलन चल्तिमा ल्याई राखेको गौरवमय परम्परागत संस्कार हो । साधारण व्यवहारमा बसेर पनि जीवनको नश्वरता सम्बन्धि आत्मिक ज्ञान र भावनालाई बिर्सनु भुल्नु हुँदैन भनि सञ्चालनमा ल्याइराखेको उत्कृष्ट व्यवहार हो । यस संस्कारले सामाजिक घेरावन्दिमा रहेर पनि संसारलाई जाने बुझेको ज्ञान भएको व्यक्तिको रुपमा लिने गरिन्छ । “म” भन्ने के हो भन्ने गहनतम प्रश्नको जवाफ र सरलरुपले यस पावन पर्व पूजाले प्रष्ट्याईरहेको छ । आत्मा शुद्धिकरणको गुह्य तत्व बुझ्नेहरुसँग साधुसन्त ज्ञानी ध्यानी ऋषी महात्माहरुको गुण र व्यवहार देखिन्छ । यिनै संस्कारका प्रभावका कारण नेवार जातिमा समानता सहिष्णुता, दयावान गुणकारी कल्याणकारी सहयोगी करुणामय भावना र व्यवहारमा सहनशिलताको गुण झल्किरहन्छ । यो आत्मिय संस्कारको ज्ञान नभएका व्यक्तिहरुको व्यवहार र आचरणमा फरक भइरहन्छ । यस चाडलाई फूलको चाड पनि भन्ने गरिन्छ । नयाँवर्ष सम्बन्धमा “म्हःपूजा” नेपाल सम्वत फेरेको बारेको किम्बदन्ति अनुसार सिद्धिवन्त जोशीको सहयोगमा लखुतिर्थबाट अरुले ल्याएको बालुवा शंखधर साख्वाले थाहा पाई घरमा लगी राखेको सुन भएपछि सबैको ऋणमोचन गरि व्यक्तिको नाममा नराखी राष्ट्रको नाममा “नेपाल सम्वत” भनि इश्वी सम्वत् ८७९ अक्टोबर २० तारिख विहीबारका दिन देखि नयाँ वर्ष सुरु गरि हाल ११३५ पूरा भई नयाँ वर्ष ११३६ केही दिनमै सुरु हुँदैछ । नेपाल सम्वत्लाई राष्ट्रिय सम्वतको रुपमा घोषणा भैसकेको छ तर व्यवहारमा आउन सकेको छैन । पूजा संस्कार सम्बन्धी प्रत्येक देशमा नयाँ सम्वत् आउँदा नयाँ जोश जागरणका साथ विभिन्न प्रक्रियाबाट नाचगान गरेर वा नयाँ जीवनको आगमनसरह खुशियाली आदानप्रदान गरेर वा अन्य किसिमहरुबाट मनाउने गरिन्छ तर नेपालमा आफ्नै मौलिक परम्परा र संस्कार अनुसार मानव शरीरलाई मन्दिरको रुपमा लिई त्यसमा रहेको आत्मालाई भगवानस्वरुप नियमपूर्वक पूजाअर्चना गरि मनाइन्छ । प्रत्येक परिवारको सदस्य व्यक्तिको अगाडि अष्टमंगल कमलको फूलसरह मण्डल लेखि पानी र तेलको चक्का राखि अक्षता फूल जजंका (धागोको माला) अविर आदि राखि चढाइन्छ । मान्छे आसनमा बसेपछि प्रत्येक व्यक्तिलाई ठूलो सानो लाई भेद नगरी बराबर सम्झी पूजा गरिन्छ । पञ्चतत्वको परिभाषित गरेर फूलमाला दीपधूप नैवेद्य फलफूल मिठाई आदि अर्पण गरि अण्डा, माछा, मासु, मासको रोटी दही अथवा मद्य (रक्सी) समेतको सगुन हस्तान्तरण गरेर बितेका वर्षको कठिनाईलाई बिर्सेर अब आउने नयाँ वर्ष नयाँ जिन्दीको शुभ–सफलताको कामना गरेर आशिष दिएर पूजा सम्पन्न गरिन्छ । यो पूजा प्रथा नेवारहरुको विशेष आफ्नो मौलिक परम्परा अन्तर्गत अति महत्वपूर्ण रहेको हुँदा समाज र राष्ट्रको लागि गौरवमय छ । प्रतिक्रियाको लागि ः पे्रमनाथ जोशी कैलाशचौर कामपा ०१–४४२०२७३

Post a Comment

0 Comments