नौ रोग र तिनको घरेलु उपचार


रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वा क्लिनिक कुदिहाल्छौं । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायसी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायसी औषधि तथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहा भएपनि घरेलु औषधि प्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्प हुँदैन । यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ । यसो गरियो भने उपचार खर्च जोगिने मात्र होइन औषधिको नकारात्मक असरबाट पनि बचिन्छ । यहाँ हामीले केही रोग र तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ ।
१. चिसो र रुघाखोकी ः– चिसो र रुघाखोकी लागेमा मरिच र सुकेको अदुवा पिसेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २÷३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ता ः– वान्ता वा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागि पानीमा कागतीको रस र केही नुनहालेर खाँदा फाइदा हुन्छ । साथै कागतीको रस र चिनी मिसाएर पानीमा हालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३. कब्जियत ः– रातमा खाना खाइसकेपछि इशागोल र दूधमिलाएर खाँदा कब्जियतमा फाइदा हुन्छ । साथै बिरे नुनको सेवनले पनि कब्जियतमा राहत पुग्छ ।
४. सुख्खाखोकी ः– दुइ तिनवटा ल्वांग घिउमा तताएर मुखमा हाल्नुहोस् र चपाउनुहोस् । नियमित रुपमा यसो गर्दा सुख्खाखोकी कम हुँदै जान्छ । साथै मरिच र अदुवाको धूलो बराबर मात्रामा तातो घिउमा मिलाएर खाँदापनि हुन्छ ।
५. खकार सहितको खोकी ः– अदुवा, मरिच तथा तुलसीका केही पातमिलाएर पिस्नुहोस् अनि तातो पानीमा मिलाएर खानुहोस् । धनिया, चिनी र पानी मिलाएर पकाएर बिहानपख पिउँदापनि खकार सहितको खोकीकम हुन्छ ।
६.अपच तथा पेट फुलिने, ग्यास भरिने ः– ५ ग्राम सुकेको अदुवाको धूलो १ लिटर पानीमा उमालेर दिनको २÷३ पटक पिउनुहोस् । साथै एक चम्चा मनतातो पानीमा एक चिम्टी हिंग घोलेर पिउनुहोस् । यसो गर्दा अपचहुने तथा पेट फुलिने, डकार आउने जस्ता समस्या कम हुन्छन् ।
७. दाँतदुखेमा ः– ल्वांगको तेल किराले खाएको दाँतको प्वालमा राख्नुहोस् । साथै दाँतको दुखाइ कमगर्न हिंग तथा नुनमिलाएर दुखेको दाँतमा राख्नुपनि उपयुक्त हुन्छ । मरिच र ल्वांगमुखमा राखेर चपाउँदापनि दाँतको दुखाई केहीकम हुन्छ ।
८. कानदुखेमा ः– अदुवाको रस मनतातो गरी तताएर दुइचार थोपा कानमा नियमित राख्दा कानको दुखाइ कम हुन्छ । साथै लसुनको रसका दुई चार थोपा कानमा दिनको ३ पटक राख्नुहोस् । यसो गर्दापनि कानको दुखाइ कम हुन्छ ।
९. झाडापखाला ः– सुकेको अदुवाको धुलो र चिनीपानीमा मिलाएर दिनमा दुइपटक पिउनुहोस् । इशागोल र दहीमिलाएर दिनको दुइ पटक खानुहोस् । मोहीमा चियापत्ति मिलाएर खाँदापनि झाडापखाला कम हुन्छ ।

Post a Comment

0 Comments