एरिया सीको लागि च्याप्टरस्तरिय बैठक

साँखु÷गत शनिबार भदौ ९ गते साँखु जेसीजले हाकुज क्याफेमा आगामी भदौ २२ र २३ गते एरिया ‘सी’ सम्मेलन गर्न तयारीको लागि सम्बन्धित च्याप्टरहरुको बैठक सम्पन्न गरेको छ । उक्त बैठकले साँखुमा हुन लागेको एरिया ‘सी’ सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । विभिन्न च्याप्टरहरुले विभिन्न कार्यभार समेत जिम्मा लिएको साँखु जेसीजले जनाएको छ । साँखु जेसीजले सो अवसरमा साँखुबासी दाजुभाई दिदीबहिनीहरुले सक्दो सहयोग गर्नुहुन समेत अुनरोध गरेको छ । पहिरोले सिन्धुकोटमा स्कूल भवनमा क्षति सिन्धुकोट, सिन्धुपाल्चोक÷ सिन्धुकोट वडा नं. १ स्थित श्री सिन्धु पुराना गाउँ उच्च माध्यमिक विद्यालयको भवन गत भदौ ४ गते पहिरोको कारण क्षतिग्रस्त भएको छ । पहिरोबाट भवनको झ्याल, ढोका, गाह्रो भत्किएको जानकारी सो स्कूलका विद्यार्थी महेश तिमिल्सिनाले जानकारी गराएको छ । स्कूलमा भएको क्षतिका कारण पठनपाठनमा समेत उक्त दिन अवरोध भएको थियो । अत्यधिक वर्षाका कारण स्कूल पछाडिको ढिस्को बगेर पहिरो आएको बुझिएको छ ।

Post a Comment

0 Comments