नेपाली काँगे्रस एक घर एक रुख अभियानमा

साँखु÷नेपाली काँगे्रस डाँछी इकाई कमिटीको आयोजनामा गत शनिबार कान्तिपुर क्याम्पस प्राङ्गणमा सम्पन्न कार्यक्रममा नेपाली काँगे्रस क्षेत्र नं. २ ले एक घर एक रुखको डाँछीमा शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको शुभारम्भ नेपाली काँगे्रसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले गरेका थिए । यस अघि यो कार्यक्रम मूलपानी इकाईले सञ्चालन गरिसकेको छ ।
सो कार्यक्रमको सञ्चालन डाँछी इकाईका सचिव लक्ष्मण खड्काले गरेका थिए भने सभापतित्व डाँछी इकाईका सभापति जनार्दन प्रसाद कुइँकेलले गरेका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथि महतले नेपाली काँगे्रसले २००७, २०४६ र २०६२÷६३ को आन्दोलनको नेतृत्व गरेको बताउँदै २०४६ साल पछि र २०१५ सालदेखि १७ सालसम्म पनि आर्थिक रुपान्तरणको नेतृत्व पनि नेपाली काँगे्रसकै अगुवाई र सक्रियतामा भएको बताउनुभएको थियो । उहाँले सो अवसरमा जनताको समृद्धि नेपाली काँगें्रले मात्रै बढाउने बताउँदै कम्युनिष्टहरुले गरिबी बढाउने बताउनुभयो । जहाँ गरिबी बढ्छ त्यहाँ कम्युनिष्टहरु फलिफाप हुन्छन् । जहाँ समृद्धि बढ्छ त्यहाँ कम्युनिष्ट सखाप हुन्छन् भन्दै वर्तमान बाबुराम सरकारले पनि आर्थिक समृद्धि रोक्न र विना प्रयोजन बजेट सिध्याउन लागिपरेको बताउनुभयो ।
एक प्रसंगमा उहाँले भन्नुभयो– ६२÷६३ पछि आफु प्रधानमन्त्री हुँदा ७ प्रतिशत महँगी बढेको तर राजश्व संकलन २४ प्रतिशत बढेको बताउँदै बाबुराम अर्थमन्त्री हुँदा महँगी १४ प्रतिशत बढेको र राजश्व संकलन २७ प्रतिशत बढेको बताउँदै कुन आधारमा बाबुरामले राजश्व संकलन बढाएँ भन्दै हिँडेको हो आफूले बुझ्न नसकेको बताउनुभयो ।
२०४६ साल अघि मुलुकभर ७००० किलोमिटर मात्रै गाडी गुड्ने सडक भएको स्मरण गर्दै हाल २३००० किलोमिटर कालोपत्रे र १७००० किलोमिटर कच्ची गरि ४०००० किलोमिटर सडक सञ्जाल विस्तार भएको बताउनुहुँदै नेपाली काँगे्रसले गरेको प्रगतिलाई आफूले गरेको भनि कम्युनिष्टहरुले ढाँटेको बताउनुभयो ।
साँगठानिक विषयमा बोल्दै काठमाडौँ क्षेत्र नं. २ र काठमाडौँ जिल्ला समितिबीच विवाद रहेको प्रसंगमा उहाँले यस्तो विवाद तत्काल वार्ता गरि सहमतिमा टुंग्याउनुपर्ने बताउनुभयो । यस्तो विवादले संगठन कमजोर हुने बताउँदै केन्द्रमा पनि यदाकदा आउने विरोधका स्वरहरुलाई आफूहरुले वार्ताका माध्यमबाटै हल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा क्षेत्र नं. २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, महासमिति सदस्य एवं सभासद्का उम्मेदवार दिपक प्रसाद कुइँकेल, शंकर थापा, लक्ष्मी थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका संयोजक क्षेत्रिय उपसभापति भाईकाजी अधिकारी हुनुहुन्थ्यो ।

Post a Comment

0 Comments