वन तथा वातावरण मन्त्री राजु विष्टलाई तरेली साहित्य प्रतिष्ठानको सम्मान



२१ माघ शनिवार

लावण्य/साँखु । तरेली साहित्य प्रतिष्ठानले यही माघ २१ गते शनिबार बागमती प्रदेशका वन तथा वातावरण मन्त्री  माननीय राजु बिष्टलाई सम्मान गरेको छ ।

उहाँकै प्रमुख आतिथ्यतामा  भएको सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री विष्टले भन्नुभयो– यस भेगमै तरेली साहित्य प्रतिष्ठानले गरेका साहित्यिक कार्यक्रम अतुलनीय रहेको बताउँदै तरेली साहित्य प्रतिष्ठानलाई आफुले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।

कार्यक्रममा विशेष अतिथि शंखरापुर नगरपालिकाका उप प्रमुख समिता श्रेष्ठले आगामी दिनमा तरेली साहित्य प्रतिष्ठानलाई  नगरपालिकाको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराउने वचन दिनु भयो ।

सो कार्यक्रममा भगवती मा.वि. मा २०७९ माघ २० गते भएको कविता प्रतियोगिता विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कविता प्रतियोगितामा प्रथम हुने मनिषा सुनुवार, द्वितीय अस्मिता तामाङ, तृतीय सुस्मिता तामाङ, सान्त्वना सुशील भण्डारी, सम्झना लामा र सुनमाया मोक्तानलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार, र सान्त्वनालाई ५÷५ सय तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव कान्छाप्रसाद तिवारीले र स्वागत मन्तव्य कोषाध्यक्ष इच्छाराम थापाले दिनुभएको थियो ।

कार्यक्रममा रुषण बसि, अनुप श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

Post a Comment

0 Comments