शालिनदीमा वृहत सरसफाई



– कृशु श्रेष्ठ –

२९ माघ आईतवार

लावण्य/साँखु । यही माघ २८ गते शनिवार शालिनदी परीसरमा वृहत सरसफाई सम्पन्न गरिएको छ ।



सो कार्यक्रममा बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्ट, शंखरापुर नगरपालिकाका मेयर रमेश नापित लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो ।


कार्यक्रमको आयोजना श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समिति र डिभिजन वन कार्यालय काठमाडौँ अन्तर्गत साँखु सब डिभिजन वन कार्यालयको आयोजना एवम् शंखरापुर नगरपालिका, महानगरीय प्रहरी प्रभाग साँखु, सामुदायिक प्रहरी साँखु, ब्लु वेस्ट टु भ्याल्यु, साँखु जेसिज, लायन्स क्लब अफ साँखु, रोटरी क्लब अफ साँखु, श्री जनक जानकी धर्म कर्म सेवा संघ, लियो क्लब अफ साँखु, नेपाल स्काउट, नादी खुशी (शालिनदी) संरक्षण तथा सुधार समिति लगायतका संघ संस्थाहरुले सहकार्य गरेका थिए ।

प्रत्येक वर्ष माघ मेला सुरु हुन अगावै र माघ मेला सम्पन्न भए लगत्तै यसरी शालिनदी परीसरमा वृहत सरसफाई अभियान चलाउने गरिएको छ ।

Post a Comment

0 Comments