सन्दिपनी ज्ञान मन्दिर माविको नवनिर्मित भवनको समुदघाटन सम्पन्न

२८ माघ शनिवार

लावण्य/साँखु । सन्दिपनी ज्ञान मन्दिर पब्लिक हाईस्कुल (संगम) को नवनिर्मित भवनको उद्घाटन शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले गर्नुभएको छ ।



सो भवन उद्घाटन कार्यक्रमको औपचारिक कार्यक्रमको उद्घाटन भने बागमति प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्टले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा संघीय सांसद सोविता गौतम, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, शंखरापुर नगरपालिकाका उप मेयर समिता श्रेष्ठ, प्रवक्ता राधाकृष्ण श्रेष्ठ, विभिन्न वडाका वडा अध्यक्षहरु, शिक्षाविद्हरु लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम बडो भव्य र सभ्य ढंगले सम्पन्न भएको थियो ।

कार्यक्रममा आएका अभिभावक एवं अतिथिहरुलाई विद्यार्थी भाई बहिनीहरुले स्वागत गरेका थिए भने कार्यक्रममा विद्यार्थी भाई बहिनीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

नवनिर्मित भवनबाट केही समयमै कक्षा सञ्चालन गरिने जानकारी सो अवसरमा दिईएको थियो ।

कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीहरुको भव्य उपस्थिति रहेको थियो । 

Post a Comment

0 Comments