साँखु जेसीजको पद हस्तान्तरण सकियो



माघ ८ गते आईतवार

लावण्य/साँखु । साँखु जेसीजको २३ औा पदस्थापन कार्यक्रम शंखरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यतामा आईतवार समरा गार्डेनमा सम्पन्न भएको छ ।

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष जयराम श्रेष्ठले नवनिर्वाचित अध्यक्ष गणेश दुलाललाई पद हस्तान्तरण गरेका थिए भने अरु सबै पदाधिकारीहरुलाई पनि पदभार हस्तान्तरण एवं शपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि उप मेयर समिता श्रेष्ठ,   विशिस्ट अतिथि नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय अध्यक्ष बिकास मानन्धर, प्रहरी प्रभाग साँखुका प्रमुख जनक पुरी,  नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष  कुमार सिं साँवा लिम्बू ज्यु,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष द्वय राजाराम गौतम, सरोज अधिकारी, काठमाडौं लेडी जेसीज का अध्यक्ष कमला गुरुङ प्रधान ज्यु, साँखु जेसीजका संस्थापक  अध्यक्ष लव कुमार श्रेष्ठ ज्यु तथा साँखु जेसीजका पुर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो । भने विभिन्न शाखाका अध्यक्षहरुको व्यापक उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments