साँखु÷गत मंसिर २३ गते बुधबार पुखुलाछी हेल्थपोष्टको आयोजनामा हेल्थपोष्ट कार्यालयमै १२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । उक्त कार्यक्रममा सो स्वास्थ्यचौकी अन्तर्गत स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत गुणलक्ष्मी बज्राचार्य र भविना श्रेष्ठलाई नगद उपहार दिनुका साथै खादा र प्रमाणपत्र समेत दिएर पुरस्कृत गरि सम्मान व्यक्त गरेको छ । कार्यक्रम सो हेल्थपोष्टका इन्चार्ज नवराज कार्कीले सञ्चालन गरेका थिए भने पुरस्कार वितरण हेल्थपोष्टका व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर दास श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जीवन श…
साँखु÷गत पौष ४ गतेको बसेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको बैठकले आगामी माघ महिनामा व्रत बस्न आउने व्रतालुहरुको लागि सामूहिक बसोबासको व्यवस्था मिलाउन पहल थाल्ने निर्णय गरेको छ । गत बैशाख १२ को महाभूकम्प पछि साँखु बजार ध्वस्त भएको हुँदा सो समितिले स्थान अभावकै कारण व्रत बस्ने नसक्ने देखिएकोले व्रतालुहरुलाई व्रत अवधिभर सामूहिकरुपमा बसोबासको व्यवस्था गर्न लागेको हो । समितिले आगामी माघ ९ गतेदेखि फाल्गुण १० गतेसम्म लाग्ने माघ मेलामा आउने व्रतालु एवं तीर्थटकहरुको सुविधाको लागि आवश्यक स्थानको खोजी गरि व्यवस्थापन गर्ने निर्णय …
साँखु÷गत बैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त सानागाउँका ६० वटा भन्दा बढी घरहरुको पुनर्निर्माण हुने भएको छ । उक्त प्रयोजनको लागि माथि फोटोमा दिए अनुसारको डिजाइन अनुसार घरहरु जीएमआईएनले बनाइदिने भएको हो । उक्त प्रयोजनको लागि स्थानीयलाई सीमेन्टको इँट्टा बनाउने टे«निङ दिएर इँट्टा बनाउन थालिएको छ । उक्त इँट्टाहरु इन्टरलक ब्रिक टेक्नोलोजीले बनाउने भएको हो । उक्त प्रयोजनको लागि स्थानीयहरु जुटिसकेका छन् । तीनवटा इँट्टा बनाउने मेसिनको स्थापना भइसकेको बताइएको छ ।
साँखु÷साँखुको साल्खाटोल र जहरसिंह पौवामा गत शनिबार पौष ४ गते साँखुका भूकम्प पीडितहरुको लागि वाम्र्ड विन्टर डोनेसन क्याम्पमा कम्बल, दाल र चामल वितरण गरिएको छ । सो सामग्री पाउँदा साँखुका भूकम्प पीडितहरु ज्यादै खुशी देखिन्थे । उक्त क्याम्पको आयोजना रणछोड फाउण्डेशन र सलुङ फाउण्डेशनले गरेको हो । उक्त क्याम्पबाट वितरित सामग्रीहरुमा १ बोरा चामल, एउटा कम्बल र करिब २ किलो दाल रहेको थियो । सो सामग्री वितरण गर्दै फाउण्डेशनले भूकम्प पीडितहरु जस्ताको टहरामा कठ्याँग्रिने जाडोमा बस्नै नसक्ने अवस्थामा रहेको हुँदा उनीहरुलाई केही राहत मिलोस् भन्ने अभिप्रायले यो…
साँखु÷गत पौष ४ गते शनिबार साँखुको सलम्बुटारमा प्रकोप व्यवस्थापन समिति शंखरापुर नगरपालिका वडा नं. १४–१५ को आयोजनामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न भएको छ । उक्त मैत्रीपूर्ण खेलमा युनाईटेड स्टार युथ क्लब प्रथम, इन्द्रायणी सुधारमुखी युवा क्लब द्वितीय र इन्द्रायणी स्टार युथ क्लब तृतीय भएका छन् । मैत्रीपूर्ण म्याचमा सहभागीहरुलाई प्रकोप व्यवस्थापन समितिका अध्यक्ष नवराज थापाले प्रमाणपत्र एवं खेलकूद सामग्री हस्तान्तरण गरेका थिए । सो मैत्रीपूर्ण खेलको लागि आवश्यक सहयोग लुथर विश्व फेडरेशनले गरेको थियो । उक्त खेल हेर्न सो संस्थाको तर्फबाट सामाजिक परि…
Soooooo, Soooooo, Soooooo, Sad, painful, deprived and poor situation people are living in I mean too much hard and bad time Isn't it ? No wonder, I'm obviously talking about our own, 'we' and our Nepalese brothers and sisters we all Nepalese are miserable and the reson is non-oter than that bloody Indian Government who shit helding and unofficial blockade in Nepal–India boarder. It has been over 70 days, seriously over 70 days i.e. over 2 months and don't know about its end. Bad to say but unfortunately we haven't rea…
सामाजिक संजाल