स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित

साँखु÷गत मंसिर २३ गते बुधबार पुखुलाछी हेल्थपोष्टको आयोजनामा हेल्थपोष्ट कार्यालयमै १२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । उक्त कार्यक्रममा सो स्वास्थ्यचौकी अन्तर्गत स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत गुणलक्ष्मी बज्राचार्य र भविना श्रेष्ठलाई नगद उपहार दिनुका साथै खादा र प्रमाणपत्र समेत दिएर पुरस्कृत गरि सम्मान व्यक्त गरेको छ । कार्यक्रम सो हेल्थपोष्टका इन्चार्ज नवराज कार्कीले सञ्चालन गरेका थिए भने पुरस्कार वितरण हेल्थपोष्टका व्यवस्थापन समितिका अध्यक्ष विश्वेश्वर दास श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जीवन श्रेष्ठले दिएका थिए । पुरस्कृत व्यक्तिहरुको तर्फबाट भविना श्रेष्ठले सेवा गर्दा पुरस्कृत भएकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा महिला स्वास्थ्यस्वयंसेविका, हेल्थपोष्टका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

0 Comments