पालुङ सहरको इन्द्रायणी माई एक परिचय–४




– जंगली राजकुमार प्रधान

पौराणिक नाम चिसापानी इलाका पालुङ सहर
जहा“ अहिलेसम्म पनि ठकुरी राजाको अस्तित्व सा“स्कृतिकरुपमा रहेको छ ।

एवं रीतले १९ औँ शताव्दीको अन्त्य भई २० औँ शताव्दीको सुरुवात अथवा वि.सं. २००५ सालमा श्री इन्द्रायणी देवीको जात्राको आसपासमा माइ स्थानको शिला इन्द्रायणीको मूर्तिको गर्दन भाँचिएको देखेपछि देउलाहरुले १६ घरद्वारहरुमा खबर पु¥याएछन् । यस्तो अशुभ समाचार छिनभरमै सर्वत्र फैलियो । अब जात्रा गर्ने कि नगर्ने ? घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाउने या नचलाउने विषयमा देउला गाउँबाट द्यः नायः, द्यः पा, गाउँ नायः, ठकु जुजु, १६ द्वार र अन्य महानुभावहरु बसी छलफल चलाए । कोहीले भने घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाउँदा केही अनिष्ट हुने हो कि ? कोहीले भने नयाँ शिला मूर्ति बनाउन धेरै समय लाग्ने र शिला मूर्ति बनाई विधिपूर्वक स्थापना गर्दा मंसिर शुक्ल पूर्णिमाको साइत नाघेर जाने भएको हुनाले जात्रा चलाउनु नै पर्ने कोहीको राय प्रकट भए । कसैले भने यो अशुभ संकेतको घडीमा जात्रा चलाउँदा ठूलो हानी नोक्सानी पनि व्यहोर्नुपर्ने हुन्छ । यसरी जात्रा चलाउन हुने र नहुने बीचको लामो छलफलपछि तान्त्रिक विधि कर्ता आचार्य, ठकु जुजु, द्यः नायः, द्यः पा, १६ द्वार र अरु गाउँलेहरुको समेत निकै दिन छलफल भईसकेपछि धामीहरुको समेत राय बुझी जात्रा चलाउने निधो गरे र तीन वर्षे इन्द्रायणी माइको जात्रा विधिपूर्वक संचालन गरी विधिपूर्वक नै समापन गरियो ।

सोही सालको जेठ असार महिनामा नेवार वस्तीमा अचानक झाडा पखालाको महामारीबाट धेरै जनधनको क्षति भएको, देउला गाउँमा केही नभएको यस्तो अशुभ पछि धामीहरुबाट जोखना हेराउँदा खुन भएको, घिच्रो भाँचिएको देवी राखेर जात्रा चलाएको दोष देखाएको हुनाले श्री इन्द्रायणी माइ समक्ष नेवार गाउँ वस्तीका १६ द्वारबाट देवी प्रति ठूलो भूल भएको महसुस गरी अब उप्रान्त यस्तो भूल कहिल्यै गर्ने छैन जे जति गल्ती भए पनि (द्वं विद्वं क्षमा) याचना गरेर यसै पालुङ सहर बस्ने जी तोयापानी प्रधानबाट पित्तलको चँदुवा ठूलो – १

ढुंगाको शिलामूर्ती – १

दियो बाल्ने काठको गोडाल – १ चढाएको देखिन्छ । सो शिला इन्द्रायणी पनि चोरी भएपछि गाउँ पञ्चायतबाट अनुदान रकम प्राप्त गरी बनाइएको हालको शिला इन्द्रायणी यथावत छ ।

भाग–५

यसरी तीन–तीन वर्षको फरकमा श्री इन्द्रायणी कालिकाको जात्रा सञ्चालन गर्दै आएर मानिसहरुमा देवीको शक्तिको प्रभाव वृद्धि भएर फेरी तेस्रो पटक रथ स्थापना गर्ने मध्ये यसै पालुङ सहर गाउा विकास समिति वडा नं. ६ हाल थाहा नगरपालिका वडा नं. ३ बस्ने श्री अमर बहादुर श्रेष्ठ र श्री जी तोयापानी प्रधानबाट श्री कुमारी देवीको रथ एक थान, मयुरमा चढेको कुमारीको मूर्ति एक थान विक्रम सम्वत् २०१३ साल मंसिर १९ गते चढाएको रथमा उल्लेख छ । यसरी नै पालुङ सहर गाउँ विकास समिति वडा नं. ६ थाहा नगरपालिका वडा नं. ३ बस्ने रत्मानको नाति रत्न बहादुरको छोरा तुलसी दास प्रधानले भैरवको रथ एक थान, भैरवको मूर्ति १ थान, चढाएको वि.सं. २०१३ साल ०८–२०–४ मा चढाएको रथमा उल्लेख गरिएको छ ।

यसरी परम्परादेखि पाँच दिनसम्म चली आएको तीन वर्षे इन्द्रायणी माइको जात्रा वि.सं. २०१३ सालको जात्रादेखि ४ दिन मात्र गर्ने भनी निर्णयकर्ता १६ द्वार मध्ये ठकु जुजु कृष्णमान श्रेष्ठ १, जी तोयापानी प्रधान १, जगत बहादुर प्रधान १, आशामरु श्रेष्ठ १, अमर बहादुर श्रेष्ठ १, तुलसी दास प्रधान १, इन्द्रायणीका तानी हर्ष बहादुर नापित १ र रत्न कुमार श्रेष्ठ १, देउलाहरु, द्यः नायः कृष्णमान देउला १, द्यः पा बख्खे १, गाउँ नाइके शंखर देउलाको बाबु १ र अन्य गाउँलेहरुको सरसल्लाहबाट चार दिन मात्र गर्ने भनी निर्णय गरियो ।

यसरी एक दशक पार भएपछि पुनः २०२५ सालको जात्रामा तीन दिन मात्र गर्ने भनी कुराहरु सञ्चालन हँुदै गयो । फेरी वाद विवाद सुरु भयो । थोरै दिनको समय भित्र हुँदैन भन्नेको संख्या कम हुँदै गएपछि तीन दिन मात्र गर्ने परिपक्व भयो । अब तीन दिन मात्र जात्रा गर्ने भनी पोष्टर पम्प्लेट तयार गर्न जीवन ज्योति पुस्तकालयका सचिव भक्तमान श्रेष्ठ, सहसचिव जंगली राजकुमार प्रधानबाट चन्दा संकलन गर्ने र पम्प्लेट तयार गरी बाँड्ने काममा जीवन ज्योति पुस्तकालय केी समयका लागि अफिस भयो । सो समयका चन्दादाताहरुमा यस्तो उल्लेख गरिएको छ ।

मोहनमान श्रेष्ठ –रु. १।७५ पैसा

गोपालमान श्रेष्ठ –रु.  ।५० पैसा

अमरबहादुर श्रेष्ठ – रु. १।–

आशामरु श्रेष्ठ – रु. १।–

विकासबाबु श्रेष्ठ – रु. १।–

विष्णुप्रसाद श्रेष्ठ – रु.  ।२५ पैसा

गजेन्द्रभक्त श्रेष्ठ – रु.  ।५० पैसा

बुद्धिबहादुर बलामी चौतारा–रु. १।–

भक्तमान श्रेष्ठ – रु   ।५० पैसा

अष्टमान श्रेष्ठ – रु.  ।५० पैसा

तुलसी नापित – रु.  ।२० पैसा

चुर्ण नेपाली – रु.  ।१० पैसा

हाकु नेपाली – रु.  ।०९ पैसा

हरिबहादुर बलामी – रु.  ।१० पैसा

जंगली राजकुमार प्रधान – रु.  ।५० पैसा

यसरी एक दशक पार भएर वि.सं. २०२५ सालदेखि तीन दिन मात्र जात्रा गर्ने भनी निर्णय भई आएको चलन हालसम्म यथावत छ ।

यसरी शताव्दी पुरानो इन्द्रायणी माइको मूर्ति, कुमारीको मूर्ति सहित अनमोल इन्द्रायणीको सम्पत्ति र नयाँ कुमारीको मूर्ति र अन्य धेरै देवीको सामग्री वि.सं. २०३४ सालको जात्राको समयमा चोरी भएको हुनाले अब खाली रथले जात्रा गर्ने कि इन्द्रायणी नयाँ बनाई जात्रा गर्ने भनी २००५ सालको जस्तो घटना फेरी दोहोरिएर आए । यसैबीच १६ द्वारहरु र देउलाहरुबीच छलफल लामो समयसम्म चल्यो । नयाँ मूर्ति बनाएर विधिपूर्वक जात्रा चलाउन नभ्याउने भएपछि जे जति मूर्तिहरु बाँकी छ सो एक एक थान रथमा राखी जात्रा चलाउने भन्ने निर्णय भएको हुनाले वि.सं. २०३४ सालको जात्रा अति दुःखदायी रुपमा सम्पन्न भयो । पालुङ इलाकाका गाउँलेहरुले भन्न लागे इन्द्रायणी देवी हराएको हुनाले जात्रा हुने नहुने राम्ररी थाहा भएन । प्रचार पनि गरिएन । दर्शक भक्तजनहरुको पूजा बली पूजा निकै नै न्यून भयो । रथयात्रा सुरु भए देखि नै सायद यस्तो नरमाइलो कहिल्यै भएको थिएन होला, बाहिरबाट आउने पाहुना भक्तजनहरु इन्द्रायणी चोरी भएर प्रहरी कार्यालयमा कारवाही चलिरहेको अवस्थामा जात्रा हुँदैन भन्ने सनसनीपूर्ण हल्लाले पनि दर्शकहरु कमी भएको देखिन्छ । देउलाहरु र सबै गाउँलेहरुको मन प्रसन्न थिएन, बाहिर गाउँबाट आउने पूजामा पनि निकै कमी देखिए । यसरी २०३४ सालको जात्रामा सबै रकमी देउला, पूजारी र १६ द्वार सहितको मन प्रसन्न नभईकनै जात्रा समापन भएको यो दोस्रो घटना हो । अब नयाँ इन्द्रायणी देवीको मूर्ति बनाउन गाउँ गाउँबाट चन्दा रकम संकलन गरी २०३७ सालको जात्रामा हाल भएको इन्द्रायणी देवीको मूर्ति बनाई जात्रा चलाइएको हो ।

एवं रीतले घटना, दूर्घटना, स्थापना, पुनस्र्थापनाको थालनी भएदेखि वि.सं. १९१४ सालमा निर्माण भएको श्री इन्द्रायणी माइको रथ जिर्ण भई भाँचिने टुट्ने सम्भावना भएको हुनाले पुरानै दत्तवाला देवीदास, लक्ष्मीदास, नानीदास श्रेष्ठका पनातीहरुबाट नयाँ रथ निर्माण गरी चढाएको हो भन्ने रथ पछाडिको ताम्रपत्रमा उल्लेख गरिएको छ । सो ताम्रपत्रमा यस्तो लेखिएको छ–

श्रद्धेय स्व. आशामरु श्रेष्ठको स्मृतिमा वि.सं. २०५८ साल मंसिर महिनामा पुनर्निर्माण भन्ने लेखिएको छ । सो आशामरु श्रेष्ठको परिवारहरु

श्रीमती न्हुच्छेमाया श्रेष्ठ – १

श्रीमती मिश्रीमाया श्रेष्ठ – १

छोराबुहारीहरु ः

गणेशमान श्रेष्ठ

श्रीमती निर्मला श्रेष्ठ

भोजमान श्रेष्ठ

श्रीमती अनिता श्रेष्ठ

राम श्रेष्ठ

श्रीमती रमा श्रेष्ठ

श्यामभक्त श्रेष्ठ

श्रीमती सुशिला श्रेष्ठ

नरेन्द्र श्रेष्ठ

मिति नेपाल सम्वत् ११२२ विक्रम सम्वत् २०५८ मंसिर शुभम् ।

यसरी रथ निर्माण भएपछि पुरानो जिर्ण रथ १ नयाँ इन्द्रायणीको रथ १ समेत यहाँ हाल पुरानो रथघरमा (द्यः छेँ) मा पाँच वटा रथ देखिन्छ ।

क्रमशः ........

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)


Post a Comment

0 Comments