२६ भाद्र २०७९, आइतवार
लावण्य/साँखु । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण गरेको छ । शनिबार काठमाडौं महानगरपालिका–७, टुसाल स्थित संस्थाको ७ तले कर्पोरेट कार्यालयको बागमती प्रदेश सांसद माननीय प्रभात तामाङले उदघाटन गरे ।
यसैगरी संस्थाको १४ औं वार्षिक साधारण सभा समेत शनिबार नै सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।
गत आर्थिक वर्षमा १३ प्रतिशत लाभांश वितरण गरेको संस्थाले यस वर्ष १५ प्रतिशत दिन सफल भएको संस्थाका प्रमुख कार्यकारी विकल्प पाठकले जानकारी दिए ।
संस्थाका अध्यक्ष शर्मिला आमात्यको सभापतित्व सम्पन्न साधारणसभामा बागमती प्रदेशका सांसद प्रभात तामाङ, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाललगायतको उपस्थिति रहेको थियो ।
१० हजार सदस्य रहेको संस्थाको सेयर पुँजी ३० करोड र कारोबार १० अर्व पुगेको साधारणसभा जानकारी दिइयो ।
0 Comments
Thanks for your concerns