लावण्य/साँखु । यही असोज १ गते राष्ट्रिय वज्ञान दिवसको अवसरमा साइन्स ओरियन्टेड नेप्लीज एसोसिएसन (सोना) र नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टर (नेसार्क)को संयुक्त आयोजनामा १३ औँ नेसनल वाटर रकेट इभेन्ट २०२२को आयोजना गरिएको थियो ।
सो कार्यक्रम बाँसबारी मावि काठमाडौँ र स्टिम क्लबद्वारा उक्त कार्यक्रम सफल बनाउन विद्यालयका प्रधानाध्यापक अनिलकुमार झा र विद्यालय परिवारको सक्रिय भूमिका रहेको थियो । यस कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट ४२ विद्यालयहरुका विज्ञान शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
पहिलो सत्रमा वाटर रकेट वर्कसपमा विद्यार्थीहरुलाई रकेट बनाउन सिकाउने प्रशिक्षकको रुपमा सोनाका अध्यक्ष शैलेन्द्र कुमार शाह, महासचिव लक्ष्मीप्रसाद भट्टराई, सदस्यहरु शैली शाह, क्रिस्टल भट्टराई, अमरनाथ घिमिरे, जुम्मादिन मियाँ र नेसार्कको सचिव धु्रव अधिकारीको सक्रिय सहभागी थियो । प्रतियोगितामा सहभागीमध्ये निम्न अनुसार विद्यालयहरुले उत्कृष्ट नतिजा प्राप्त गरेका थिए ।
प्रथम गुह्यश्वरी मावि, सिनामंगल काठमाडौँ, द्वित्तिय सिद्धिगणेश मावि गागलफेदी र तृतीय गुहेश्वरी बाल शिक्षा मावि थापाथली रहेका छन् । कार्यक्रमको दोस्रो सत्र पुरस्कार वितरण समारोहमा बोल्दै सोनाका महासचिव लक्ष्मी प्रसाद भट्टराईले कार्यक्रमको औचित्य बारे पुष्टि गर्नुभएको थियो । नेसार्कका अध्यक्ष इञ्जिनियर कृष्णराज अधिकारीले स्पेस साइन्सको बारेमा जानकारी दिनुभएको थियो ।
स्टिम क्लबको अध्यक्ष रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने बाँसबारी मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

0 Comments
Thanks for your concerns