साँखुकी चेली ऐश्वर्या श्रेष्ठले जितिन मिस ग्रान्ड नेपाल २०२२




२७ भाद्र २०७९, सोमवार

लावण्य/साँखु । साँखुका २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जित्नुभएको छ । उहाँले मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । वर्षा भडारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप भएका थिए ।



प्रतियोगितामा अभिनेता मोडल अनुप विक्रम शाही, ¥यापर आशिष राना (लाउरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा निर्णायक रहेका थिए । कार्यक्रमको कोरियोग्राफी सुजित बस्यालले गरेका थिए र मिस ग्राण्ड नेपालको मुख्य विषय “युद्ध र हिंसा रोकिने छ” रहेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताले विश्वभर शान्ति निर्माण र युद्ध र हिंसाको अन्त्यका लागि वकालत गर्ने आश्वासन दिन्छ । त्यसैगरी मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जितेका थिए ।

प्रतियोगिता लाजिम्पाटको शंकर होटलमा आयोजना गरिएको थियो । कार्यक्रमको संचालन पूर्व मिस ग्रान्ड उरुषा जोशीले गर्नुभएको थियो । कार्यक्रम ३६५ एवेन्ट्सद्वारा आयोजना गरिएको थियो ।

मिस ग्राण्ड नेपाल ऐश्वर्या श्रेष्ठ साँखु साल्खाटोलका जियम श्रेष्ठका सुपुत्री हुनुहुन्छ । उहाँको जीतमा साँखुबासी खुशी भएका छन् ।

Post a Comment

0 Comments