२०७९ श्रावण ३ गते
लावण्य/साँखु । नेपाल प्रेस युनियनको आसन्न नवौँ महाधिवेशनबाट शिव लम्साल अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि अनिता विन्दु थिए भने अर्का प्रत्यासी भुवन भट्ट थिए ।
पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।
अध्यक्ष लम्सालले स्याङ्जाबाट पत्रकारिता सुरु गनुभएको थियो । उहाँ यस अघि स्याङ्जा र काठमाडौँ शाखाको अध्यक्ष भईसक्नुभएको छ भने समिर शाहको कार्यकालमा महासचिव हुनुहुन्थ्यो । गत चुनावमा बद्रि सिग्देलसँग पराजित हुनुभएका लम्सालले यस पटक भने विजयश्री हात पार्नुभएको छ ।
लम्साल तीन दशक अघि देखि नेपाल प्रेस युनियनमा सक्रिय हुनुहुन्छ ।
उहाँ सँगै महासचिवमा दिलिप पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, खुला उपाध्यक्षमा भिष्मराज ओझा, नकुल अर्याल, महिला उपाध्यक्षमा सलोजा दाहाल, बागमति उपाध्यक्षमा जीवन भण्डारी बिजयी भएका छन् भने कोषाध्यक्षमा संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।
विजयी पदाधिकारीहरु यस प्रकार रहेको छ ।
वरिष्ठ उपाध्यक्ष : प्रेम केसी
उपाध्यक्ष (खुला) : नकुल अर्याल र भिष्मराज ओझा
उपाध्यक्ष (महिला) : सलोजा दाहाल
उपाध्यक्ष (प्रदेश १) : डिल्लीराम खतिवडा
उपाध्यक्ष (मधेस प्रदेश) : अनिल कर्ण
उपाध्यक्ष (बागमती प्रदेश) : डा.मुरारी अधिकारी
उपाध्यक्ष (गण्डकी प्रदेश) : ॠषिकान्त पौडेल
उपाध्यक्ष (लुम्बिनी प्रदेश) : माधवप्रसाद अर्याल
उपाध्यक्ष (कर्णाली प्रदेश) : राजेन्द्र बहादुर कार्की
उपाध्यक्ष (सुदुरपश्चिम प्रदेश) : प्रेम चुनारा
उपाध्यक्ष (उपत्यका) : जिवन भण्डारी
महासचिव : दिलिप पौडेल
उपमहासचिव (खुला) : युवराज गौतम, कमल पन्त र रवीन्द्र सुबेदी
उपमहासचिव (महिला) : सुलोचना गौतम र दिलिपाश्री अधिकारी
उपमहासचिव (समावेशी) : अभयकुमार राई
सचीव (खुला) : केदारप्रसाद दाहाल, भुवन शर्मा, खगेन्द्र भण्डारी र तिर्थराज बस्नेत
सचीव (महिला) : मेनुका ढुंगाना, पुष्पा शर्मा र रेजिना गौतम
सचीव (आदिवासी जनजाति) : लालकुमार मुक्तान
सचीव (मधेसी) : अजित तिवारी
सचीव (दलित) : राजन रुचाल
सचीव (पिछडिएको क्षेत्र) : एलपी देवकोटा
सचीव (खस आर्य) : युवराज रेग्मी
सचीव (रेडियो माध्यम) : नरहरि सापकोटा
सचीव (छापा माध्यम) : राधा खनाल
सचीव (टेलिभिजन माध्यम) : अशोक तिवारी
कोषाध्यक्ष : माधव धिताल



0 Comments
Thanks for your concerns